17.1 C
Kathmandu

ब्रेकिङ समाचारराइगाउँको सभ्यता/संस्कृतिको चिनारी `मायाको दुर्बिन´ सार्बजनिक(भिडियो सहित)

राइगाउँको सभ्यता/संस्कृतिको चिनारी `मायाको दुर्बिन´ सार्बजनिक(भिडियो सहित)


२६ कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौं-छविलाल बम्जनको तामाङ सेलो ‘मायाको दुर्बिन’ मंगलबार औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

काठमाडौ स्वयम्भूस्थित एक कार्यक्रमकाबीच नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्र बानियाँको प्रमुख आतिथ्यता र गायक रोज मोक्तानको बिशिष्ठ आतिथ्यतामा `मायाको दुर्बिन´ सार्बजनिक गरिएको हो ।

प्रमुख अतिथि बाँनियाले ‘मायाको दुर्बिन’ गीतले मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने बताएको थियो भने रोज मोक्तानले तामाङ गीतमा हराउँदै गएको मौलिकपन ‘मायाको दुर्बिन’ मा भेटिएको भन्दै फूलकुमार बम्जनको सिर्जनाले यसको पुनरउत्थान गर्ने कुरा व्यक्त गरेका थिए ।

फुलकुमार बम्जनको शब्द संगीत रहेको उक्त गितमा सर्जक बम्जन र शसिकला मोक्तानको आवाज रहेको छ । प्रतीक ङेसुरको निर्देशन तथा कोरियोग्राफिमा बनेको `मायाको दुर्बिन´ को म्युजिक भिडियोमा निरज लामाखोर र सुनैना तामाङको अभिनय रहेको छ ।

मकवानपुर राईगाउँ तथा बागमती क्षेत्रसँग पुरानो साङ्गितिक साइनो रहेकोले यसको सिर्जनामा सहज महसुस गरिएको र बागमती क्यान खोला, राइगाउँको सभ्यता संस्कृतिको चिनारी स्वरुप यो गीत पस्किएको संगीतकार/ गायक बम्जनको भनाई छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्