19.1 C
Kathmandu

ब्रेकिङ समाचारयाङ्गी दोङ तामाङ र सागर मोक्तानको मायाको चर्चा पोखरा सहरभरी, तताउने भयो...

याङ्गी दोङ तामाङ र सागर मोक्तानको मायाको चर्चा पोखरा सहरभरी, तताउने भयो सामाजिक सन्जाल


१९ कार्तिक २०७७/छेडुप तामाङ
पोखरा-सागर मोक्तानको `घोर्गी ताम´ बोलको माया पिरतिको गित पोखरा आसपासमा धमाधम छायांकन भैरहेको छ ।

Shooting report(video file)

मङलवार काठमाडौ बाट नायक तथा निर्देशक अमिर दोङ सहितको शुटिङ युनिट पोखरामा पुगि बुधबार बिहान देखि छायांकन कार्य थालिएको छ। चर्चित गायक तथा सङ्गितकार विशाल काल्तानको शब्द सङ्गितमा रहेको उक्त गितमा सेलो गायिका जितु लोप्चान र रमित लामाको स्वर रहेको छ ।

अमिर दोङको निर्देशन तथा युद्ध लामा ब्लोनको कोरियोग्राफिमा मोडल याङ्गी दोङ तामाङको साथमा सागर मोक्तानको अभिनयमा छायांकन भैरहेको `घोर्गी ताम´ अर्थात एउटा कुरा बोलको गित माया पिरतिमा आधारित रहेको छ ।

पोखराको फेवाताल, साराङ्कोट डाँडा लगायत अन्य चर्चामा रहेका पोखराका बिभिन्न ठाउँहरुमा छायांकन भैरहेको यो गितमा याङ्गी दोङ तामाङ र सागर मोक्तानको आपसी मायाको भाव ब्यक्त गर्दै गरेको दृश्य सङ्गै सुन्दर पोखराको मनोरम दृश्यहरु कैद गर्नका लागि jigme media का सन्चालक सुर्य लामा सहितको टिम पनि बिहिवार नै पोखरा पुगिसकेका छन ।

बिशेषगरी मनाङ मुस्ताङ र जोमसुमको लागि तय गरिएको छायांकन विविध कारण पोखरा आसपासमै गर्नुपरेको कुरा सुटिङ युनिटले नमोबुद्ध न्युजलाई जानकारी दिएका छ्न ।

खलनायक तथा हास्यकलाकार कुइसाङ रुम्बा पनि उक्त टिममा रहेकोले सुटिङ युनिटले भरपुर रमाइलोका साथ पोखरा तताईरहेको कुरा उल्लेख गर्दै दर्शक श्रोताले रुचाउने तरिकाले अरु म्युजिक भिडियो भन्दा पृथक किसिमको भिडियो बन्ने तयारी रहेको कुरा समेत निर्देशक अमिर दोङले जनाएको छ ।



Shooting report (video file)

शुटिङ रिपोर्ट(फोटो फाईल):

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्