24.1 C
Kathmandu

ब्रेकिङ समाचारम फुटको साक्षी बस्न सक्दिनँः वामदेव

म फुटको साक्षी बस्न सक्दिनँः वामदेव

६ पौष २०७७
काठमाडौ
–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न कुनै गुटको भेलामा नजाने बताएका छन् । आफू अझै एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताउँदै गौतमले गुट भेलामा नजाने बताएका हुन् ।

गौतमले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘क।केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस् – ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ ।’

गौतमले आफू दुई कम्युनिष्ट पार्टी एकीकरण गराउने मध्येको नेता भएको उल्लेख गर्दै भनेका छन्, ‘अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुबैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।’

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्