24.1 C
Kathmandu

खेलकुदम्याराडोनालाई मेसीले दिए भावपूर्ण श्रद्धाञ्‍जली

म्याराडोनालाई मेसीले दिए भावपूर्ण श्रद्धाञ्‍जली

१५ मंसिर २०७७
काठमाडौ
–स्पेनी ला लिगामा बार्सिलोनाले आइतबार ओसासुनालाई सजिलै ४–० ले हराए संगै लियोनल मेसीले दिवंगत डिएगो म्याराडोनामाथि भावपूर्ण श्रद्धाञ्‍जली प्रकट गरेका छन् ।

टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका मेसीले दोस्रो हाफमा व्यक्तिगत उत्कृष्ट गोल पनि गरे । बार्सिलोनाका लागि मार्टिन ब्रेथ्वाइट, एन्टोन ग्रिजमन र फिलिपे कोउटिन्होले पनि गोल गरे । मेसीले भने चौथो गोल गरेयता आफ्नो बार्सिलोनाको जर्सी फुकाले र आफ्नो घरको क्लब न्युवेल्स ओल्ड ब्वाइजको रातो तथा कार्लो धर्के जर्सी प्रदर्शन गरे । त्यो १० नम्बर अंकित थियो ।

सन् १९९३ मा म्याराडोनाले छोटो समयका लागि यस रोसारियो क्लबबाट पनि खेलेका थिए । खेल अगाडि क्याटलान क्लब आफैले म्याराडोनाप्रति श्रद्धाञ्‍जली व्यक्त गरेको थियो र यसक्रमा एक मिनेटको मौन धारण पनि राखिएको थियो । म्याराडोनाले सन् १९८२ देखि १९८४ सम्म बार्सिलोनाका लागि खेलेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्