20.1 C
Kathmandu

ब्रेकिङ समाचारमोटरसाइकलको ठक्करबाट स्कुल जाँदै गरेकी एक बालिकाको मृत्यु

मोटरसाइकलको ठक्करबाट स्कुल जाँदै गरेकी एक बालिकाको मृत्यु

०८ मंसिर २०७७
काठमाडौ
–सोमबार धनुषामा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा न. २ मा ज ११ प १५१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्कुल जाँदै गरेकी बालिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बटेश्वर गाउँपालिका वडा नम्बर २ काविष्णुदेव ठाकुरका ६ वर्षीया छोरी आरती रहेको धनुषा प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक श्रीप्रसाद ठाकुरलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्