19.1 C
Kathmandu

ब्रेकिङ समाचारमेलम्ची खाने पानी आयोजनाको ड्याम फुट्यो, दुई बेपत्ता, दुई घाइते

मेलम्ची खाने पानी आयोजनाको ड्याम फुट्यो, दुई बेपत्ता, दुई घाइते

३० असार,२०७७
काठमाडौ
–आज मंगलबार मध्यान्ह १२ः३० बजेतिर मेलम्ची खाने पानी आयोजनाको मुहान स्थित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको टनेलको ढोका अकस्मत फुटेपश्चात पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र २५ वर्षीय इञ्जिनीयर सतिश गोहित बेपत्ता भएका छन ।

मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको ठाउँभन्दा करिब एक हजार मिटरको दूरीमा टनेल नम्बर १७ को ढोका फुटेर आएको भेलले बगाएर इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङ घाइते भएका छन। घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

ढोका फुटेर आएको बाढीले बा १ झ ८७६४ नं. को हाइलक्स गाडीसमेत बगाएको छ । केही दिनदेखि १७ नम्बर टनेलबाट सुन्दरीजलसम्म पानी खसाल्न मेलम्चीको पानी सुरूङभित्र जम्मा गरिएको थियो। सुरूङभित्र पानी परीक्षणको अवस्था हेर्न गएका कर्मचारी बेपत्ता भएपश्चात बेपत्ताहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्