23.1 C
Kathmandu

कला/ साहित्यमिस तामाङको १३ औं संस्करण २०२१ अडिसनका लागि खुल्यो आवेदन

मिस तामाङको १३ औं संस्करण २०२१ अडिसनका लागि खुल्यो आवेदन

१७ पौष २०७७/छेडुप तामाङ
काठमाडौ
– मिस तामाङको १३ औं संस्करण २०२१ एभरेष्ट् फेसन होमको आयोजनामा हुने भएको छ । २८५७ औं सोनाम ल्होछारको अवसरमा “मिस तामाङ २०२१” अडिसनका लागि आवेदन खल्ला भएको भएको एभेरेष्ट् फेसन होमका अध्यक्ष रन्जिता लामाले बिहीवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

मिस तामाङ २०२१ मा सहभागि हुनका लागि तामाङ जाति हुनुपर्ने र १६ वर्ष पुरा भई २८ वर्ष ननाघेको हुनु पर्ने छ भने कम्तिमा ५ फिट उचाई र एस. एल. सी. सम्मको शैक्षिक योग्यता अनिवार्य हुनुपर्ने मापदण्ड समेत आयोजकले तोकिएको छ । अडिसनको लागि आवेदन बुझाउने अन्तिम मिति २०७७ माघ ०९ गते सम्म रहेको छ भने २०७७ माघ १० गते देखि छनौट प्रक्रिया शुरु हुनेछ । यसै गरि फागुन १५ गते शनिवार देखि अन्तिम प्रतियोगिताका लागि प्रशिक्षण संचालन गरिने अध्यक्ष लामाले जनाएको छ ।

यसरी मिस तामाङमा सहभागी हुनेहरुका लागि १ महिनासम्मको तालिम अवधि तोकिएको छ भने उक्त अवसरमा तामाङ भाषाको महत्व, व्यकतविकास, तामाङ जातिको इतिहास, श्रृङ्गार, ऐतिहासिक ठाउँको भ्रमण, फोटोसुट, सामाजिक कार्यको अनुभव, आत्मविश्वास, सवाल जवाफ, क्याटवाक जस्ता विभिन्न तालिम दिइने अध्यक्ष रन्जिता लामाले बताएको छ ।

मिस तामाङ २०२१ बिजेता, फस्ट् रनर अप, सेकन्ड रनरअप, र १० जनालाई सभ टाइटल उइनर अवार्ड पनि वितरण गरिने अध्यक्ष लामाले पत्रकार सम्मेलनमा जानकरी दिएको छ ।

पौस १६ गते बिहिबार बानेश्वरको हिमालय रिमठिम क्याफेमा भएको पत्रकार सम्मेलनमा मिस तामाङ २०१९ का बिजेता सरिता लामा, फस्ट् रनअरअप र थर्ड रनअरअप सविना दोङ र लसिका स्याङवा को साथमा एभेरेष्ट् फेसन होमका अध्यक्ष रन्जिता लामाले कार्यक्रममा सहभागिहरुबाट उठेका प्रश्नहरुको जवाफ दिएका थिए भने कार्यक्रम मिक्साङ वाइवाले सञ्चालन गरेका थिए ।

मिस तामाङ २०२१ को महत्व सदाको भन्दा अलि फरक र पृथक हुनेछ भने अन्तिम प्रतियोगिता होटल र्‍याडिसनमा हुने अध्यक्ष लामाले बताएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्