24.1 C
Kathmandu

ब्रेकिङ समाचारमहाभारतको बेतीनीमा बस पुग्यो, सांसद ढकालद्वारा उद्घाटन

महाभारतको बेतीनीमा बस पुग्यो, सांसद ढकालद्वारा उद्घाटन

५ कार्तिक २०७७
काठमाडौ
– काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नं. ५, बेतीनी डाँडामा पहिलो पटक बस पुगेको छ । जुकेपानी–घोडे–बेतेनीसम्मको सडक निर्माण भएपछि सोमबारदेखि बससेवा सञ्चालन भएको हो ।

बससेवा सञ्चालनको उद्घाटन वागमती प्रदेशसभा सदस्य सांसद रत्न ढकालले एक कार्यक्रमका बीच गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोध गर्दै सांसद ढकालले अब महाभारत गाउँपालिकामा बाह्रैमहिना बस चल्ने गरि सडक सञ्जाल बनाउन आफू प्रतिबद्ध रहेको बताए ।


महाभारत गाउँपालिकाका जनतालाई आफ्नो पार्टीले राम्रोसँग चिनेको र आफ्नो पार्टीलाई पनि यहाँका जनताले राम्रैसँग चिनेको बताउँदै ढकालले अब महाभारतको मुहार फेर्ने दावी गरे ।
त्यसै गरि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा वागमती प्रदेश सदस्य इन्द्रबहादुर थिङ (छिन्ताङ)ले विकासको लहर आफ्नो पार्टीले ल्याएकोले महाभारतमा काँग्रेस अव आउन नसक्ने बताए । ‘कम्युनिस्ट पार्टी जनताको पार्टी हो, गरिवको पार्टी हो, किसानको पार्टी हो ।’ थिङले भने, ‘विकासको लहर पनि कम्युनिष्टले मात्र ल्याउन सक्छ । त्यसैले काँग्रेस अब आउँदैन । पर पर गइसक्यो ।’ जनता पनि काँग्रेससँगै परपर गयो भने बिकास नहुने उनले बताए ।


कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कान्छ्लाल जिम्बाले आफूहरुले चुनाबमा मत माग्दै गर्दा प्रत्येक गाउँमा गाडी पु¥याउने प्रतिबद्धता अनुसार बस सेवा सञ्चालन गरेको बताए । ‘हामीले चुनाबमा तपाईंहरुसँग मत माग्दै गर्दा प्रत्येक गाउँमा गाडी पु¥याउने प्रतिबद्धता जाहेर गरेका थियौं ।’ अध्यक्ष जिम्बाले भने, ‘चुनाब सकेपछि नेता भेट्न गाह्रो हुन्थ्यो बिगतमा । आज हामी तपाईंको घरदैलोमा आएका छौं । त्यतिखेर हामीले बेतिनीमा बस सेवा सन्चालन गरेरै छाड्छौ भनेका थियौ । आज पूरा भएको छ ।’
सो सडककाको लागि आफूहरु निर्वाचित हुनसाथ ४० लाख रुपैयाँ बजेट बिनियोजन गरेको उनले बताए ।


आफ्नो पार्टीको सरकार भएकोले गर्न सकेको भन्दै प्रचार भएको भन्दै जिम्बाले सरकार विगतमा रहेकोले विगतमा विकास निर्माण किन नगरेको भनि प्रश्न गरे । ‘यहाँ यदाकदा मैले सुनें, उनीहरुको सरकार भकोले गरे भनेको रहेछ ।’ उनले भने, ‘तर बिगतमा पनि त सरकार त थियो त । तिर्थ लामा पनि त सांसद बने । उनीहरुले किन गरेनन् ? हामीले सचेत पहल र प्रयत्न ग¥यौं । र विकास भयो ।’
आफूहरु जनताको आधारभूत स्वास्थ्य सेवामा समर्पित भएको बताउँदै प्रत्येक टोलबस्तीहरुमा निःशुल्क औषधी समेत वितरण गर्दै आएको बताए । ‘हामी जनताको आधारभूत स्वास्थ्य सेवामा पनि समर्पित भएका छौ । प्रत्येक टोल बस्ती हरुमा हामी निस्शुल्क औषधि वितरण गर्दै आएका छौ । हेलिकप्टर बोलाएर कैयौं लाई उद्धार गरेका छौं ।’ अध्यक्ष जिम्बाले भने, ‘अब कोही पनि सुत्केरी महिलाहरुले अकालमा ज्यान गुमाउनु पर्ने अवस्था नहुने भएको छ । हेलिकप्टरबाट उद्धार गरिनेछ त्यति मात्र होइन, सरकारले नै उपचार गर्ने छ र उपचार गरेर घर फर्किंदा २० हजार रुपैयाँ पैसा लिएर फर्कन पाउनेछ ।’


कार्यक्रममा नेकपा काभ्रे जिल्ला सदस्य ईन्द्र तामाङले गाउँमा बस आएपछि अब आय–आर्जनको काममा लाग्नुपर्नेमा जोड दिए । ‘बस त आयो तर पैसा बिना बसले त्यतिकै लाँदैन ।’ उनलेभ भने, ‘त्यसैले अब यहाँका जनताले आय–आर्जनमा ध्यान दिनुपर्ने हुन्छ ।’
नेकपाका अर्का जिल्ला सदस्य सुजन स्याङ्तानले बाउबाजेले कल्पना समेत नगरेको ठाउँमा बससेवा सञ्चालन भएकोमा खुशी व्यक्त गर्दै खुशी व्यक्त गरे । ‘महाभारत गाउँपालिकाको सबैभन्दा अग्लो डाँडामा बस आइपुगेको छ । हाम्रो बाउबाजेले यहाँ बस आइपुग्छ भनेर कल्पना समेत गरेको थिएन ।’ उनले भने, ‘हिजो जनयुद्ध लड्दा हामीलाई जसरी बिश्वास गर्नुभयो आज त्यसरी नै बिस्वास गर्नुभएकोले यहाँ बस ल्याउन सफल भयो ।’ उनले आजसम्म पनि बेतिनिका जनताको खानेपानी समस्या रहेकोले प्रदेश सांसद र गाउँपालिका अध्यक्षलाई समाधान गर्न अनुरोध गरे ।

कार्यक्रममा महाभारत गाउँपालिकाका नेकपा नेता राजकुमार कुँवरले जनताको पार्टी नेकपा भएकोले जनताको समस्या नेकपाले मात्र हल गर्ने दावी गरे ।
त्यसैगरि वडा नं. ५ का वडाल अध्यक्ष तथा गाउँपालिका प्रवक्ता रोबिन मोक्तानले निर्वाचिनको बेला जनतासँग गरेको बाचा आफूहरुले पूरा गरेको बताए । ‘हामी तपाईंसँग भोट माग्द आउँदा सडक निर्माण गरेर बस सेवा सन्चालन र खानेपानीको ब्यबस्थापन गर्छौं भनेर प्रतिबद्धता जाहेर गरेका थियौं ।’ उनले भने, ‘त्यहीँ अनुसार आज बस सेवा सन्चालन भएको छ । दीर्घकालीन रूपमा बससेवा सन्चालन गर्न भने हामीलाई चुनौती छ । यसको लागि म प्रदेश सांसदाज्यूसँग बजेटको माग समेत गर्न चाहन्छु ।


कार्यक्रममा स्वास्थ्यकर्मी संघका जिल्ला नेता रेशम लामा, फोक्सीङटार प्रहरी चौकीका इन्चार्ज कुशल भण्डारी, वडा सदस्य सोमान लामा र उदय लामा, महाभारतका नेकपा युवा नेताहरु रिजन मगर, जोग लामा, दुर्गा पाख्रीन, अजय थिङ, समाजसेवी मोहन मोक्तान लगायत स्थानीय जनताको सहभागीता रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्