17.1 C
Kathmandu

ब्रेकिङ समाचारमन्त्री चन्द्र लामाले फूलबारी–नमोबुद्ध–दाप्चा–तल्लोहटिया–काँक्रे सडकको उद्घाटन

मन्त्री चन्द्र लामाले फूलबारी–नमोबुद्ध–दाप्चा–तल्लोहटिया–काँक्रे सडकको उद्घाटन

२४ असोज २०७८

काभ्रे । शनिबार बागमति प्रदेश सरकारका मन्त्री चन्द्र लामाले फूलबारी–नमोबुद्ध–दाप्चा–तल्लोहटिया–काँक्रे सडकको उद्घाटन गरेका छन् ।

फूलबारीमा आयोजित एक कार्यक्रमका बीच मन्त्री लामाले प्रदेश सरकारको सहयोगमा कालोपत्रे भएको उक्त सडकको उद्घाटन गरेका हुन् । काभ्रे–भन्ज्याङ्–नमोबुद्ध–काँक्रे सडक आयोनाअन्तर्गत पूर्वाधार विकास कार्यालय काभ्रेमार्फत फूलबारीदेखि तल्लो हटियासम्म उक्त सडक कालोपत्रे भएको छ । यसमध्ये दाप्चाको पुरानो बजार क्षेत्रमा भने यसबै बर्ष ढलानसहित ढुंगा बिछ्याउने कार्य हुँदैछ । ८ दशमलव ५ किलोमिटर लम्बाईको उक्त सडक निर्माणका लागि १५ करोड ७० लाख ७१ हजार ८ सय ७२ रुपैयाँ खर्च भएको छ ।

संविधानसभा सदस्य रामहरि सुवेदीको कार्यकालमा डिभिजन सडक कार्यालय भक्तपुरबाट निर्माण सुरु भएको सडक कालोपत्रे गर्ने काम प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएसँगै आर्थिक बर्ष २०७७/७८ मा सकिएको हो । पूर्वाधार विकास कार्यालयमार्फत २०७४ असार ८ गते सम्झौता भई सडक निर्माण सुरु भएको थियो ।

सडकको उद्घाटन गर्दै मन्त्री चन्द्र लामाले सडक कालोपत्रे गर्नका लागि आफू निर्वाचित भएदेखि नै लागिपरेको र त्यसैको परिणामस्वरुप सडकको योजना सम्पन्न हुने चरणमा पुगेको बताए । उक्त सडकलाई काँक्रे हुँदै विपी राजमार्गको चरंगेफेदीसम्म जोड्ने योजना पनि अघि बढिसकेको पनि उनले जानकारी दिए । सडक कालोपत्रे भएपछि दाप्चा क्षेत्रका नागरिकका लागि यातायात सुविधामा थप सहजता आएको उनले बताए । मुख्य सडकसँगै सहायक सडक निर्माणको काम पनि अघि बढाइएको उनले बताए । कार्यक्रममा संविधानसभा सदस्य रामहरि सुवेदीले बर्षौंदेखि निर्माण हुन नसकेको सडक आफ्नो कार्यकालमा निर्माण सुरु भएको र अहिले आएर सम्पन्न भएकोमा खुशी व्यक्त गरे । यस्तै नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले दाप्चा सडक निर्माणका लागि पहल गर्ने संविधानसभा सदस्य रामहरि सुवेदी, प्रदेश सरकारका मन्त्री चन्द्र लामा लगायतप्रति आभार प्रकट गरे ।

कार्यक्रममा पूर्वाधार विकास कार्यालय काभ्रेका प्रमुख लोकनाथ रेग्मीले सडक निर्माणको प्राविधिक पक्षका विषयमा जानकारी गराएका थिए । नमोबुद्ध नगरपालिका वडा नं. १ का अध्यक्ष कर्म ग्याल्बो लामाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम वडा नं.११ का अध्यक्ष कृष्णवहादुर तामाङले सञ्चालन गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्