19.1 C
Kathmandu

ब्रेकिङ समाचारभुकम्पले घर भत्काएको ६ वर्ष पछि तेमालका १३ विपन्न परिवारले पाए पक्की...

भुकम्पले घर भत्काएको ६ वर्ष पछि तेमालका १३ विपन्न परिवारले पाए पक्की घर

८ साउन २०७८

काठमाडौ । २०७२ सालको विनासकारी भुकम्पले बिभिन्न ठाउंमा धेरैको घर भत्काए पश्चात एकाएक मानिसहरुको टहरामा बास पुर्‍यायो । संघिय संरचनाअनुरुप निर्वाचन पश्चात स्थानीय सरकार आए । स्थानीय सरकार आएपछि भत्किएका घरहरु पुनःनिर्माणमा तदारुकताका साथ लागेको देखिन्छ । तर काभ्रेको तेमाल गाउंपालिकामा भने १३ परिवारले आर्थिक अवस्था अति नै कम्जोर भएकै कारण घर पुनर्निमाण गर्न सकेका थिएनन् । सरकारले राष्ट्रिय पुनर्निमाण प्राधिकरण मार्फत उपलब्ध गराएको पहिलो किस्ता रकम लिएपनि उनीहरुले घर पुनर्निर्माण गर्न नसकेपछि टहरोमै बस्दै आएका थिए ।

शान्ति जन आदर्श सेवा केन्द्र र सिआरएस नेपालले ती अति विपन्न परिवारको भूकम्प प्रतिरोधी घर निर्माण गरेको जिम्मा लिएपछि विपन्न परिवारले नयाँ, पक्की र भूकम्प प्रतिरोधी घर पाएका छन् ।

दुई संस्थाको साझेदारीमा सञ्चालित काभ्रे पुनर्लाभ तथा पुनर्उत्थान परियोजना अन्तर्गत उनीहरुको घर पुनर्निर्माण गरिएको हो । अति विपन्न परिवार, दलित, एकल महिला, द्वन्द्व पिडित, एकल पुरुषलाई सो परियोजनामा समेटिएको शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामाले जानकारी दिए ।तेमाल गाउँपालिकामा संस्थाले १३ विपन्न परिवारको घर निर्माण गर्नुको साथै ९० जना विपन्न परिवारको घरको लागि झ्याल ढोका, जस्तापाता लगायतका सहयोग गरेको र एक घर सवलीकरण गरेको केन्द्रका अध्यक्ष लामाले बताए । ‘तेमाल गाउँपालिकाबाट छनौट भई आएको १३ विपन्न परिवारको घर हामीले पनुर्निर्माण गरेका छौं । घर पुनर्निर्माण भइसकेपछि छानो छाउन नसक्ने, झ्यालढोका हाल्न नसक्ने ९० घरपरिवारलाई पनि हामीले त्यसको लागि ३० हजार देखि ५० हजार रुपैयाँसम्मको सामाग्री किनेर दिएका छौं ।’ लामाले भने, ‘एउटा घर सवलीकरण पनि गरेका छौं । अतिविपन्न परिवारले आर्थिक अवस्था कमजोर भएकै कारण टहरोमा दिन काट्न बाध्य भएका थिए । अब उहाँहरुले भूकम्प प्रतिरोधी घर प्राप्त भएको छ ।’यसैबीच परियोजना अनुसार पुनर्निर्माण भएको परिवारले सरकारबाट लिएको पहिलो किस्त रकम समेत संस्थाले सरकारलाई नै फिर्ता गराएको उनले जानकारी दिए ।

केन्द्रका अध्यक्ष लामाका अनुसार जिल्लको ३ स्थानीय तहमा यो परियोजना अन्तर्गत पनौतीमा १६ घरपरिवार, रोशीमा १३ घरपरिवार र तेमालमा १३ घरपरिवारको गरी ४२ घर निर्माण गरिएको छ । छाना छाउन नसक्ने, झ्याल ढोका हाल्न नसक्ने २ सय ९२ विपन्न परिवारलाई पनि ३० हजारदेखि ५० हजार रुपैयाँसम्म संस्थाले सहयोग गरेपछि विपन्नले झ्याल ढोका, छानो छाउन सकेका छन् ।

घर हस्तान्तरण गर्न शान्ति जन आदर्श सेवा केन्द्रका कोषाध्यक्ष शान्ति लामा, सिआरएसका इन्जीनियर प्रकाश गैरे, शान्ति जन आदर्श सेवा केन्द्रका लिड इन्जीनियर दिपेश निरौंला, तेमाल क्षेत्र हेर्ने इन्जनियर गोकुल न्यौपाने लगायतकाको सहभागी रहेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्