19.1 C
Kathmandu

ब्रेकिङ समाचारभक्तपुरमा ६५ वर्षीय कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु

भक्तपुरमा ६५ वर्षीय कोरोना संक्रमित पुरुषको होम आइसोलेसनमै मृत्यु


१४ भाद्र २०७७
काठमाडौं
–उपत्यकाको भक्तपुर नगरपालिकामा शनिबार कोरोना संक्रमित एक परुषको आइसोलेसनमै मृत्य भएको छ । भक्तपुर नगरपालिका वडा नं.१ दूधपाटीका कोरोना संक्रमित ६५ वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो ।

मृतक भदौ ११ मा पीसीआर परीक्षण गरेर १२ गते संक्रमण पुष्टि भएपश्चात होम आइसोलेसनमा रहेको भक्तपुर नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले जानकारी दिएको हो । होम आइसोलेसनमै बसिरेका ती पुरुष उच्च रक्तचाप, मधुमेहका बिरामी थिए ।

शनिबार राति मृत्यु भएको पुरुष उपचारको लागि अस्पताल लैजान अनुरोध गर्दा परिवारले एक्लै खाना खान समस्या हुने भन्दै होम आइसोलेसनमा राखेको वडाध्यक्षले बताए ।

यो सँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । जसमध्ये, ४ जना महिला र ३ जना पुरुष छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्