18.1 C
Kathmandu

ब्रेकिङ समाचारबैठक राख्न प्रचण्डपक्षले दिएको म्याद सकिँदै, विष्णु पौडेल खुमलटारमा

बैठक राख्न प्रचण्डपक्षले दिएको म्याद सकिँदै, विष्णु पौडेल खुमलटारमा

२४ कार्तिक २०७७
काठमाडौ
–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा चुलिएको विवाद समाधान गर्नका लागि नेताहरु प्रयासरत छन्। हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद समाधानका लागि बरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर ३ घन्टा लामो छलफल समेत गरेका थिए। भेटघाट तथा छलफल जारी छ।

सोमबार बिहान पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेल कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।प्रधानमन्त्री ओलीको सन्देश लिएर पौडेल खुमलटार पुगेको श्रोतले जानकारी दिएको छ।

प्रचण्डपक्षले सचिवालय बैठक बोलाउन दिएको २ दिनको म्याद आज सकिँदैछ। बैठक बोलाउन प्रचण्ड पक्षले लगातार माग गरेपछि ओलीसामु दवाव सृजना भएको छ।

अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुईदिनअघि बैठक बोलाउन लिखित माग गरेका थिए ।

नेकपामा दुइ अध्यक्ष ओली र प्रचण्डबीच को शक्ति संघर्षले पार्टी नै फुटको संघारमा पुगेको छ। प्रचण्ड समूह गुटबन्दीमा लागेको र आफुलाई काम गर्न नदिएको आरोप ओलीको छ भने ओलीले पार्टी बिधानविपरितएकलौटी रुपमा चलेको आरोप प्रचण्डपक्षको छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्