26.1 C
Kathmandu

ब्रेकिङ समाचारबुद्धचित्त फलको व्यापारीलाई तेमाल प्रवेशमा कडाई

बुद्धचित्त फलको व्यापारीलाई तेमाल प्रवेशमा कडाई

२१ असार २०७७
तेमाल ।
बुद्धचित्त मालाको विशेष क्षेत्रको रुपमा परिचित काभ्रेको तेमाल गाउँपालिकामा स्वदेशी तथा विदेशी ब्यापारीलाई तेमाल प्रवेशमा कडाई गरेको छ । प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले आज (आइतबार) एक सूचना जारी गर्दै तेमाल प्रवेशमा कडाई गरेका गरेको जनाएका हुन् ।
बुद्धचित्त माला ओसार पसारको लागि स्वदेशी तथा विदेशी ब्यापारीहरु गाउँपालिकाभित्र प्रवेश गर्दा कोरोना भाईरस नलागेको प्रमाणपत्र अनिवार्य गरेको सूचनामा उल्लेख छ ।
‘बोधिचित्तको फल ओसार पसारको लागि स्वदेशी तथा विदेशी व्यापारीहरु हाल तेमाल गाउँपालिकाको विभिन्न वडाहरुमा आवत जावत गरिरहेको भन्ने बुझिन आएकोले त्यस्ता व्यापारीहरुले तेमाल गाउँपालिका क्षेत्र भित्र प्रवेश गर्दा स्वदेशी व्यापारीहरुको हकमा आर.डि.टी. परीक्षण नेगेटिभ भएको रिपोर्ट तथा विदेशी व्यापारीहरुको हकमा पि.सि.आर. परिक्षण नेगेटिभ भएको रिपोर्ट पेश गरेर मात्र तेमाल गाउँपालिका भित्र प्रवेश अनुमति दिईने छ ।’ कुईंकेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरेको छ ।
सूचनाको पालना नगरे नियमानुसार १४ दिन गाउँपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा राखिने र परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र आवत जावत गर्न दिईने गाउँपालिकाले जनाइएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्