17.1 C
Kathmandu

शिक्षाबिनायक सिद्ध कलेजले थाल्यो यस्तो काम–प्रि अनलाईन रजिष्ट्रेसन फर्म धमाधम

बिनायक सिद्ध कलेजले थाल्यो यस्तो काम–प्रि अनलाईन रजिष्ट्रेसन फर्म धमाधम

२४ असार २०७७
काठमाडौं
–बिनायक सिद्ध कलेज चाबहिलले कोरोना महामारी र लकडाउनलाई मध्येनजर गर्दै कक्षा ११ को लागी प्री अनलाईन रजिष्ट्रेसन फर्म गत सोमबारबाट खुल्ला गर्नुका साथै फर्म ख्क् अयििबनभ को आधिकारिक फेसबुक पेजमा रहेको जानकारी गराएको छ।

“ शिक्षाको क्षेत्रबाट समाजको परिबर्तनको बृहत् परिकल्पना” सहित अघि बढिरहेको बिनायक सिद्ध कलेज ९ख्क्(अयििभनभ० चाबहिलले कोरोना भाइरस कोभिड(१९ को कारण प्रत्यक्ष रुपमा कार्यक्रम गर्न सम्भव नदेखिए पनि
अनलाइन “जुम एप्लिकेसन ” मार्फत सम्पन्न गरेको हो।
कार्यक्रमको मुख्य उदेस्य एस।ई।ई पश्चात् कक्षा ११ को अध्यनको लागि विद्यार्थीहरुलाई सहज वातावरण निर्माण गर्नुका साथै विद्यार्थीको भबिस्य निर्माण गर्दै लक्ष्यमा पुग्न सफल रहुन भन्ने रहेको छ।

अहिलेको विषम पतिस्थितिले शिक्षा क्षेत्रमा नकारात्मक असर पारेको बताउदै,जतिसुकै अप्ठ्यारो स्थिती सिर्जना भएपनि आफ्नो लक्ष्य पुरा गर्नुपर्नेमा बिभिन्न बक्ताहरुले जोड दिएका थिए । अवको ६,७ वर्षले जिन्दगी कस्तो बन्छ भन्ने कुराको निर्णय हुनेहुँदा सबै बिधार्थीहरुले यो बिषयमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

अतिथि बक्ता बैंकर मनोज ज्ञवालीले बोल्दै आफुले अध्यनको शिलशिलामा गरेको लामो संघर्ष र सफलताको बारेमा सेयर गर्दै आफुले ९ ऋ।ब् ० पढेपछि भने जागिर देखि सबै कुरामा सहज भएको बताएका थिए। अहिलेको धेरै बिधार्थीहरु सोसल मिडिया र डिजिटल प्रबिधिमा धेरै समय बिताउने गरेको कारण पढाईमा कमजोरी देखिएपनि आजै देखी अध्यनलाई सहि तरिकाले ब्यबस्थापन गर्न सके अवश्यपनि लक्ष्यमा पुग्न सकिने बताएका थिए।

त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परिक्षा बोर्ड अनुसन्धान गुणस्तर तथा प्रशासकिय सुधार महाशाखाका प्रमुख डा। राम चन्द्र पाण्डेले बोल्दै अहिलेको नयाँ पाठ्यक्रम र पुरानो पाठ्यक्रम बिचमा अन्तर प्रस्ट पार्दै हरेक बिधार्थी ट्यालेन्ट बनाउन महत्वपूर्ण पाठ्यक्रम बनेको बताए । शिक्षकको काम घोकाउने मात्र भन्दा पनि बिधार्थीको चाहाना अनुरुप शृजनशिल नयाँ पाठ्यक्रममा रहेको बताएका थिए।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुमा कलेजका संचालक प्रमुख रामकृष्ण सिम्खडा, उत्प्रेरक वक्ता प्रितम पौडेल, नेपालको पहिलो कमेडी च्यामपियन बिजेता हिमेश पन्त,चर्चित प्रखर वक्ता रमेश प्रसाई,कलेजका लेक्चर कृष्ण बोहोरा,पुष्पराज संजेल लगायत बिभिन्न विशेषज्ञ हरुका साथै उत्प्रेरक वक्ताहरुले बिधार्थीले अनुसरण गर्नुपर्ने कुराहरु बताएका थिए।

कलेजका अध्यक्ष दुर्गा प्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गणेश बास्तोलाले गरेका थिए भने स्वागत मन्तब्य बिष्णु पराजुलीले राखेका थिए । उक्त कार्यक्रममा देशभर कक्षा ११ मा अध्यनका लागि तयारीमा रहेका विद्यार्थीहरू उलेख्य उपस्थिति रहेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्