17.1 C
Kathmandu

समाचारबारामा २ सैनिक सहित थप ५ जनामा कोरोना पुष्टि

बारामा २ सैनिक सहित थप ५ जनामा कोरोना पुष्टि

२०७७ जेठ १३ गते, बारा जिल्लामा थप पाँच जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमितमध्ये दुई जना नेपाली सेनामा कार्यरत छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा  कोरोना पुष्टि भएको हो ।यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । दुई जना उपचारपछि निको भएर घर फर्किएका छन् भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले संक्रमितहरुलाई अस्पताल लैजाने तयारी भइरहेको जानकारी दिए ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्