24.1 C
Kathmandu

ब्रेकिङ समाचारबाढी–पहिरोमा उद्वार र राहतका लागि काँग्रेसले गर्यो ३० जिल्लामा सहयोग

बाढी–पहिरोमा उद्वार र राहतका लागि काँग्रेसले गर्यो ३० जिल्लामा सहयोग

०२ भाद्र २०७७
काठमाडौं–
नेपाली काँग्रेसले बाढी–पहिरोमा उद्वार र राहतका लागि पहिलो चरणमा ३० जिल्लामा सहयोग गरेको छ । काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले कोरोनाको कहरकै बीच विभिन्न स्थानमा बाढी–पहिरोले जनधनको क्षति भएकोमा काँग्रेसले आफ्नो तर्फबाट सहयोग गरेको बताए ।

बाढी पहिरोका कारण पछिल्ला दिनहरूमा भएको क्षतिमा उद्वार र राहतको जिल्लास्तरीय अभियानलाई बल पु¥याउन नेपाली कांग्रेस केन्द्रीय समितिका तर्फबाट ४५ लाख सहयोग स्वरुप १ लाख ५० हजारका दरले ३० जिल्लामा रकम दिने निर्णय भएको उनको भनाइ छ ।

ती जिल्लामा लम्जुङ, सिरहा, गुल्मी, नुवाकोट, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पाल्पा,ताप्लेजुङ, ओखलढुंगा, संखुवासभा, पर्वत, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, धादिङ, पाँचथर, तेह्रथुम, मकवानपुर, बारा, सर्लाही, काभ्रे, रसुवा, धनुषा, सिन्धुली, बझाङ, जाजरकोट, खोटाङ, बाजुरा र कास्की रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्