17.1 C
Kathmandu

ब्रेकिङ समाचारबसुन्धरा हुमागाई पदको लोभी हुन्, पदको लागी गुट फेरिएको बास्कोटाको दाबी

बसुन्धरा हुमागाई पदको लोभी हुन्, पदको लागी गुट फेरिएको बास्कोटाको दाबी

२६ पौष २०७७
काठमाडौ
– शनिबार बनेपामा आयोजीत बिस्तारित बैठकलाई सम्बनेधन गर्ने क्रममा नेकपा काभ्रेका इन्चार्ज एंव पूर्वमन्त्री गोकुल बास्कोटाले बाग्मती प्रदेशसभा सांसद बसुन्धारा हुमागाई पदको लोभी रहेको र मन्त्री बन्नकै लागि गुट परिवर्तन गरेको खुलासा गरेका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री गोकुल बास्कोटाले भने, जनमोर्चा तिर लागेको मान्छेलाई २०५४ सालमा आफैले टिपेर पार्टीमा हुलेको थिएं, सांसद मात्र के बनाईदिएको थियो सम्पूर्ण मतदाताहरुको छातीमा लात हानेर अहिले एक्लै लुसुक्क मन्त्री बन्न गएको आरोप समेत लगाएका छन् । म दाबीका साथ भन्छु मन्त्री भयो भने अब चन्द्र लामा बन्ने हो अरु केही हुनेवाला छैन ।

सांसद हुमागाईलाई सिद्धान्त र विचार नभएको मान्छे हो भन्दैं जनतालाई धोका दिनेलाई मन्त्री बनाएर हुनेवाला केही छैन । व्यक्तिगत स्वार्थका लागि पिङ खेले झैं कहिले यत्ता कहिले उत्ता गर्नेहरुको विश्वास नगर्न पनि सबैलाई अनुरोध समेत गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्