23.1 C
Kathmandu

ब्रेकिङ समाचारबलात्कारको घटना लुकाउदा बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

बलात्कारको घटना लुकाउदा बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

असोज १२ २०७७/छेडुप तामाङ
काठमाडौं
–बझाङमा १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक युवक प्रहरीले पक्राउ गरेको छ ।

बझाङको मष्टा गाउँपालिकाकी १२ वर्षीया बालिका असोज ७ गते गाईवस्तुलाई घाँस हाल्न गोठमा गएकी उनी घर नफर्किएपछि खोजी गर्दा गाउँकै शिव मन्दिरमा मृत भेटिएकी थिइन् । उनको पोस्टमार्टम रिपोर्टमा बलात्कारपछि हत्या गरिएको देखिएको छ ।

बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रक्राउ परेका राजेन्द्र बोहराले यसअघि पनि अर्की बालिकालाई बलात्कार गरेको खुलेको छ । उक्त घटना भने गाउँमै मिलाएको पाइएको छ ।

पोस्टमार्टम रिपोर्ट आएपछि जिल्ला प्रहरी कार्यालयले सो घटनामा संवेदनशील तवरले अनुसन्धान कार्य थाले पश्चात हत्याको आरोपमा पक्राउ परेका स्थानीय राजेन्द्र बोहरालाई सोधपुछ गर्दा यसअघि पनि बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रूपक खड्काले बताए ।

हिरासतमा रहेका राजेन्द्रले घटना बारे आफ्नो बयान खुलाएपछि डिएसपी खड्कासहितको टोली शनिबार पुन घटनास्थल पुगेका थिए। गाउँमा पुगेर प्रहरीले अनुसन्धान गरेपश्चात डेढ महिनाअघि पनि १३ वर्षीया बालिकालाई बलात्कार गरेको पाइएको हो । राजेन्द्रका परिवारले घटनाबारे प्रहरीकहाँ उजुरी नदिन आग्रह गरेपछि दुवै पक्षले गुपचुप रूपमा सहमति गरेका थिए । दुवै पक्षबीच ३१ साउनमा सहमति भएको छ । प्रहरीले पाएको सहमतिपत्रमा गर्भ रहन गएमा राजेन्द्रले बालिकाको जिम्मा लिने उल्लेख छ । सहमतिपछि राजेन्द्रले पाँच सय रुपैयाँ राखेर बालिकाको खुट्टा ढोगेर माफी मागे पश्चात घटना घुपचुप राखेको पाईएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्