19.1 C
Kathmandu

ब्रेकिङ समाचारबझाङमा खुँडा प्रहारबाट युवकको हत्या

बझाङमा खुँडा प्रहारबाट युवकको हत्या

१४ माघ २०७७
काठमाडौ
– बझाङमा धारिलो हतियार खुँडा प्रहार गरी एक जना युवकको हत्या भएको छ। छवीसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ पाटागाउँका २७ वर्षका अमृत सिंहको खुँडा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए।

उनकाअनुसार बन्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर मंगलबार साँझ ८ बजेको समयमा घर फर्किने क्रममा विवाद भएपछि खुँडा प्रहार हुँदा सिंहको मृत्यु भएको हो।

खुँडा प्रहार गर्नेमध्ये एक जना सोही गाउँपालिका वडा नम्बर २ का ज्ञानबहादुर कडायत पक्राउ परेका छन्। अर्का युवक प्रकाश ऐरी भने फरार रहेकोले खोजी भइरहेको छ। चुनावमा हारेका पक्षले युवकको हत्या गरेको हुन सक्ने प्रहरी अनुमान छ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्