28.1 C
Kathmandu

ब्रेकिङ समाचारफ्युचर होप नेपाललाई फुर्के फ्यामिलिको सहयोग । "जहाँ दिनदुखी त्यहाँ फुर्के फ्यामिली"

फ्युचर होप नेपाललाई फुर्के फ्यामिलिको सहयोग । “जहाँ दिनदुखी त्यहाँ फुर्के फ्यामिली”


१० कार्तिक २०७७/ छेडुप तामाङ
काभ्रे-काठमाडौको कांडाघारी स्थित सन्चालनमा रहेको फ्युचर होप नेपाल नामक बाल आश्रममा फुर्के फ्यामिलीले गत बिहिवार सहयोग कार्यक्रम रखेका थिए ।

विभिन्न कारणले आफ्ना बाबा आमा गुमाएका २३ जना बेसाहारा बालबालिकाको आभिभागत्व ग्रहण गर्दै आएका फ्युचर होप नेपाल बाल आश्रम मै पुगेर फुर्के फ्यामिलिको साजन मोक्तान लगायतका टिमले सहयोग गरेका हुन ।

चिसो मौसम सुरु भए सङ्गै बालबालिकाहरुका लागि न्यानो कपडा, स्वास्थ्य सामाग्री, खेलकुदका केही सामन, कापी कलम सङ्गै अन्य सामाग्रीहरु समेत बालबालिकाहरुका लागि सहयोग गरेका थिए ।

यस अघि पनि यो समुहले विभिन्न निकायमा पुगि दिन दुखि हरुको निरन्तर सेवा गर्दै आएका थिए । उक्त दिन फुर्के फ्यामिलिले ती अनाथ बालबालिकाहरु सङ्गै सामुहिक भोजन समेत गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्