30.1 C
Kathmandu

ब्रेकिङ समाचारप्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा ४ जना हेटौंडामा पक्राउ

प्रहरीलाई खुकुरी प्रहार गरेको आरोपमा ४ जना हेटौंडामा पक्राउ

०२ भाद्र २०७७
काठमाडौं–प्रहरीलाई खुकुरी प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका वडा नं.६ बाट सोमबार चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

हेटौंडा.६ गौरीटार नजिक लागूऔषध गाँजा सेवन गरेर घरघरमा ढुंगा हानी हो–हल्ला गरिरहेको भन्ने खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेका थिए। प्रहरी चौकी चौघडाबाट खटिएक प्रहरीलाई रामनगर बस्ने २६ वर्षीय भक्तराम राउतसहित अन्य चार जनाले प्रहरी माथी खुकुरी प्रहार गरेका थिए ।

प्रहरी माथी खुकुरी प्रहार गर्ने ४ जनालाई सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्