23.1 C
Kathmandu

ब्रेकिङ समाचारपोखरामा प्यारग्लाईडिङ दुर्घटना, एकको मृत्यु एक जना घाइते

पोखरामा प्यारग्लाईडिङ दुर्घटना, एकको मृत्यु एक जना घाइते


०८ मङ्सिर २०७७/छेडुप तामाङ
काठमाडौ
-सोमबार पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा १ जनाको मृत्यु हुनाका साथै एक जना घाइते भएका छन् ।

सोमबार दिउँसो अन्दाजी १ बजेको समयमा पोखरा महानगरपालिका वडा न.१८ सराङकोटबाट उडेको फिष्टेल कम्पनीको प्याराग्लाईडिङ उडान भरेर ल्याण्ड गर्ने क्रममा सोही वडाको क्यामचोकमा दुर्घटना हुँदा प्याराग्लाईडिङमा सवार प्यारा पाइलट पोखरा -२८ कालिका घर भइ हाल पोखरा -६ लेकसाइड बस्दै आएका ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार गम्भीर घाइते नेपालीलाई तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा परी प्याराग्लाईडिङमा सवार काठमाण्डौ जिल्ला बुढानिलकन्ठ नगरपालिका -२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक रहेको छ ।

प्याराग्लाईडिङ अवतरण स्थान भन्दा झन्डै २ किलोमिटर माथि दुर्घटना भएको स्थानियले बताएका छ्न ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्