28.1 C
Kathmandu

खेलकुदपिएसजीलाई हराउँदै बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

पिएसजीलाई हराउँदै बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

०८ भाद्र २०७७/अर्जुन लामा
काठमाडौं–जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । आइतबार राति भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले हराउंदै बायर्नले च्याम्पियन्स लिग उपाधि जितेको हो ।

दुबै टिमको उत्कृष्ट प्रदर्शन रहेको उक्त खेलको हाप टाईम सम्म कुनै गोल गर्न सकिएन । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पीएसजीका पूर्वखेलाडी कोमनले एकमात्र गोल गरे । उनले खेलको ५९औं मिनेटमा जोसअ किम्मिले दिएको पासमा गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बन्यो ।

खेलको ७० औं मिनेटमा नोएरले अर्को उत्कृष्ट बचाउ गर्दै बायर्नको अग्रता कायम राखे । डी मारियाले अलाबालाई नटमेग गर्दै दिएको लो क्रसमा मार्किन्हसको प्रहारलाई नोएरले खुट्टाले छेके । ७४ औं मिनेटमा नेयमारको प्रहार पोस्टभन्दा बाहिर गयो ।

पहिलो पटक फाइनल पुगेर इतिहास बनाएको पिएसजीले पहिलो उपाधि जित्ने मौका गुमाएको हो भने यत्ता २०१३ मा घरेलु दुई ट्रफी र च्याम्पियन्स लिग जित्दै ट्रेबल बनाएको बायर्नले यसपटक पनि ट्रेबल उपाधि जितेको छ । बायर्न दोस्रो पटक ट्रेबल उपाधि जित्ने दोस्रो क्लब बनेको छ । बायर्नले यस सिजन जर्मन बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको हो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्