17.1 C
Kathmandu

ब्रेकिङ समाचारपार्टी नेतृत्वमा युवाको उपस्थिति गराऊन अपरिहार्य (सांसद प्रभात लामा)

पार्टी नेतृत्वमा युवाको उपस्थिति गराऊन अपरिहार्य (सांसद प्रभात लामा)

१४ श्रावण २०७७, गणेश क्षेत्री
बागमती प्रदेशका माननीय सांसद प्रभात लामाले पार्टिको निर्वाचन प्रणाली नै संशोधन गरेर भएपनी नेतृत्वमा युवाको उपस्थिति गराउनुपर्ने अहिलेको आवस्यकता भएको बताएका छन।

अहिलेको पार्टीको नेतृत्वलाई हेर्ने हो भने युवाहरुको सहभागिता अत्यन्तै न्यून रहेकोले निकट भबिस्यमै सत्ता संचालनमै ठुलो प्रभाव पार्ने भएकोले युवाहरुलाई वृद्धि गर्नुपर्नेमा जोड दिएका छन।सांसद लामाले अहिलेको निर्बाचन प्रणालीले युवाहरुलाई स्पेस नदिएको प्रती लक्षित गर्दै संशोधन नगरे सम्म अहिलेको निर्वाचन प्रणाली मार्फ़त युवा नेतृत्वमा पुग्न नसकिने बताएका छन।

उनले भने अहिले हामीले देखेको नेतृत्व भनेको एक जना केन्द्रीय समितिमा छिरे पछि आजीवन केन्द्रीय सदस्य भएको देखेका छौ १ केन्द्रीय समितिमा ठाऊ ख़ाली हुन कि सदस्य संख्या बढाउनै पर्छ की त कोही को मृत्यु हुनै पर्छ नत्र नयाँ पुस्ता वा युवाले केन्द्रीय समितिमा प्रवेश गर्ने कल्पना फलामको चिउरा चपाउनु सरह हो।

पार्टीको नेतृत्वमा कसरी लैजाने भन्ने बिषयमा उमेर समुहका आधारमा जानुपर्नेमा जोड दिदै ४५ वर्ष सम्मको एक समूह,४५(६५ बर्ष सम्मको १ समूह र ६५ देखी माथीको १ समूहको निर्धारण गरी हरेक उमेर समूहमा राष्ट्रीय जनसंख्याको आधारमा सदस्य संख्या तय गर्नुपर्ने र उक्त उमेर समूह भित्र मात्र निर्वाचन ग़र्न सकियो भने नयाँ युवा नेतृत्वले स्थान पाऊने सांसद लामाको बिचार रहेको छ।

त्यसैले अब आउने आगामी अधिवेशनमा युवा पंक्तिले यो कुरा उठान गर्न अत्यन्तै जरुरी रहेको समेत सुझाब दिएका छन।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्