18.1 C
Kathmandu

ब्रेकिङ समाचारपढाइ नभएको अवस्थामा पैसा असूल गर्ने विद्यालयलाई कारवाही गर्न माग

पढाइ नभएको अवस्थामा पैसा असूल गर्ने विद्यालयलाई कारवाही गर्न माग

०८ मंसि २०७७
काठमाडौ
–राष्ट्रिय जनमोर्चाले विद्यालय सञ्चालन र पढाइसमेत नभएका अवस्थामा केही निजी विद्यालयमा विद्यार्थीबाट शुल्क असूल गरिने अभिभावकमाथिको लुट भएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता दुर्गा पौडेलले आज विज्ञप्ति जारी गरी पढाइ नभएको पैसा असूल गर्ने विद्यालयलाई कारवाही गर्न माग गरिन् ।

पार्टीले सरकारले कोभिड सङ्क्रमणको परिस्थिति हेरेर विद्यालय सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने जिम्मा स्थानीय तहलाई दिएकामा भने समर्थन गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्