29.1 C
Kathmandu

ब्रेकिङ समाचारनेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्विरोध निर्वाचित

नेपाल तामाङ कलाकार संघको अध्यक्षमा बिश्व दोङ निर्विरोध निर्वाचित

१७ असोज २०७८/छेडुप तमाङ
बौद्ध
। नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले गायक तथा संगीतकार विश्व दोङलाई निर्विरोध निर्वाचित गरेको छ ।

‘सम्पुर्ण तामाङ कलाकारहरुको एकता, तामाङ कला र संस्कृतिको विकास, संरक्षण तथा प्रबद्र्धन हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका साथ सम्पन्न अधिवेशनले दोङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । अधिवेशनले १३ जना सर्वसम्मत चयन गरिएकाो हो भने बाँकी ८ खुल्ला सदस्यका लागि मतदान भएको थियो ।

शनिबार बाग्मती प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय चन्द्र लामाको प्रमुख आतिथ्यतामा नेपाल तामाङ कलाकार संघको १४ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन बौद्ध जोरपाटी स्थित होटल याङ्रिमा हिल सिटीमा सम्पन्न भएको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शशिकला मोक्तान, उपाध्यक्षमा विशाल काल्तान, महासचिवमा रोशन फ्युबा, सचिवमा सुभाष मोक्तान, कोषाध्यक्षमा खेम मोक्तान र ७ महिला सदस्य सर्वसम्मत निर्वाचित भएको थियो । निर्विरोध निर्वाचित सदस्यहरुमा, निर्माला घिसिङ, मिङ्स लामा, जितु लोप्चन, रेस्मा बोम्जन ,लक्ष्मी स्याङतान, अन्जु थोकर रहेका छन् भने निर्वाचन प्रक्रियाबाट खुल्ला सदस्य पदमा कुमार स्याङबा, बुद्ध लामा, जीवन बम्जन, योगेश लामा, आस्मान लोप्चन, बैरागी मोक्तान, अनिल लामा, अशोक लामा, रमित लामा निर्वाचित भएका हुन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्