18.1 C
Kathmandu

ब्रेकिङ समाचारनेतृत्व चयनसँगै जिल्लाको खाका कोर्नेछौं, अशोक व्याञ्जू

नेतृत्व चयनसँगै जिल्लाको खाका कोर्नेछौं, अशोक व्याञ्जू

२० पौष २०७८,

काभ्रे

पौष २३ गते भोली अधिवेशन हुँदैछ, यो अधिवेशनले नयाँ नेतृत्व मात्रै छान्ने हो कि केहि फरक छ ?
नेकपा एमालेको विधान अनुसार हामीले भोली पौष २३ गते धुलिखेलको रंगशालामा जिल्ला अधिवेशन गर्दैछौं । जहाँ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका श्रद्धेय नेता केपी शर्मा ओलीको प्रमुख आतिथ्यता हुनेछ । काभ्रे जिल्लाका १३ वटै पालिकाबाट विशाल जनसमुदायको उपस्थिति अधिबेशनमा रहनेछ । जहाँबाट हामी काभ्रे जिल्लाको नेकपा एमालेको राजनीतिक संगठन र पहिचानलाई सबैका सामु उपस्थित गराउने छौं । नेपालका श्रमजीवी जनता, मजदुर किसान, आदिवासी, पिछडिएको वर्ग, समाजका विपन्न वर्ग, पिछडिएको ठाउँहरुको विकासको निम्ति नेकपा एमालेले लामो समयदेखि निर्वाह गरेको भूमिकाको परिवेशलाई केन्द्रित गरेर सामाजिक रुपान्तरणको क्षेत्रमा सिंगो देश र नेकपा एमालेले लिएको विचारको कार्यभारलाई जिल्लाको सन्दर्भमा सबैका सामु काभ्रे जिल्लामा नेकपा एमालेको प्रतिबद्धता र जिम्मेवारीलाई प्रष्ट्याउने छौं । भावी कार्ययोजना पनि तयार गर्ने छौं ।

अबको २० वर्ष भित्र काभ्रे जिल्लालाई उत्कृष्ट बनाउन रणनीतिक योजना बनाउँछौं । कार्यक्रमिक रुपमा कस्ता विकासका योजनाहरु, कस्ता आन्दोलनका विषयहरु, सभ्यता र सँस्कृति निर्माणका लागि हामीले यहाँका जनताहरुको जीवनलाई आर्थिक, सामाजिक रुपमा सम्पन्न बनाउने, यहाँका युवा वर्गहरुको भूमिका र जीवन्त गतिलाई समय सापेक्ष सामाजिक रुपान्तरण क्षेत्रमा सहभागी गराउने, महिला, दलित, आदिवासी जनजातिहरु समेतको दृष्टिकोणलाई प्रष्ट पारेर हामीले एउटा विकासको रोडम्याप तयार गर्नेछौं । राजनीतिक रुपमा सशक्त नेकपा एमालेको उपस्थिति बागमती प्रदेशकै सबभन्दा बढी सदस्य संख्या भएको काभ्रे जिल्ला पाएका छौं । यसभन्दा अगाडि लगभग ८ हजार संगठित सदस्य संख्या रहेकोमा अहिले २२ हजार सदस्य संख्या पुगेको छ । स्थानीय चुनावमा पनि ७ वटा पालिकामा नेकपा एमालेले विजय हासिल गरेका थिए ।  काभ्रे जिल्लालाई नेकपा एमालेमय बनाउने अभियानमा यो अधिवेशनमा सफल हुनेछ । नेकपा एमालेको अधिवेशन ७७ वटै जिल्लामा भइरहेको छ । काभ्रे जिल्लामा हाम्रो पार्टीका श्रद्धेय अध्यक्ष क. केपी ओली नै सहभागि हुने भएकाले पनि हामीलाई हौसला प्रदान गरेको छ । धुलिखेलको टुँडिखेलमा यो कार्यक्रम सम्पन्न हुँदै छ । त्यसपछि हामी धुलिखेल नगरपालिकाको सभाहल भित्र बन्द सत्र संचालन गर्नेछौं । त्यस्तै नयाँ कार्यसमितिको प्रक्रियामा पनि हामी जानेछौं । यसमा हामीले राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछौं । सिंगो काभ्रे जिल्लाको नेकपा एमालेले भोलिको दिनमा निर्वाह गर्नुपर्ने भूमिका र यसको सशक्तताको लागि हामी निष्कर्षमा पुग्नेछौं । यो निष्कर्षले आसन्न दिनहरुमा नेकपा एमालेको एउटा कार्य जिम्मेवारीलाई स्पष्टता पार्नेछ । 

अधिवेशन तयारी कहाँ पुग्यो ? ५० हजारको संख्यामा नागरिक उतार्ने भन्नुभएको छ, यसले के सन्देश दिन्छ ?
नेकपा एमालेको जिल्ला कमिटीको बैठकले मूल समारोह समिति गठन गरेका छौं । यसमा मेरै अध्यक्षतामा मूल आयोजक समारोह समिति गठन भएको छ । आयोजक समिति पश्चात इन्द्र तामाङको अध्यक्षतामा प्रचारप्रसार समिति गठन गरिएको छ । यसमा प्रचार प्रसार कसरी गर्ने भन्ने सम्बन्धी खाकाका साथ काम भईरहेको छ । त्यस्तै कञ्चन अधिकारीको संयोजकत्वमा जनपरिचालन समिति गठन गरेका छौं । आर्थिक तथा राजनीतिक प्रतिवेदन समिति मेरै अध्यक्षतामा रहेको छ । त्यसैगरी कार्य सम्पादन गर्नको लागि आवास समिति गठन गरेका छौं । यसमा मञ्च व्यवस्थापन लगायतका कामहरु भैरहेका छन् । पौष १० गते वडा भरिका प्रतिनिधिहरु छनौट भईसकेको अवस्था छ । करिब १४ सयको हाराहारीमा प्रतिनिधिहरु हाम्रो पार्टीको वडा तहमा नगर तहबाट विभिन्न क्षेत्रहरुबाट प्रतिनिधित्व गराउने छौं । त्यो कार्यहरु अगाडि बढिरहेको छ । यो पटक काभ्रे जिल्लामा नेकपा एमालेको निर्वाचनलाई विद्युत्तिय भोटिङ मेसिन मार्फत गर्दैछौं । हामीले काभ्रे जिल्लामा नेकपा एमालेको जिल्लाको सबैभन्दा तल्लो तहदेखि माथिल्लो तहसम्म सबै वर्ग र क्षेत्रहरुमा नेकपा एमालेको जुन राजनीतिक उपस्थिति छ त्यो उपस्थितिलाई सबैका सामु प्रदर्शन गर्न खोजिरहेका छौं । किनभने यसमा ३/४ वटा अर्थहरु रहेका छन् ।
आसन्न दिनहरुमा नेकपा एमालेको राजनीतिक उपस्थिति नै सर्वाेपरि आवश्यक उपस्थिति हो । यसले नै काभ्रे जिल्लाको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । विगतका दिनहरुमा पनि विभिन्न गाउँ विकास समिति, नगरपालिका र गाउँपालिकामा जिल्लाको समग्र आर्थिक विकास, सामाजिक विकासमा निर्वाह गरेको भूमिका नेकपा एमालेले निर्वाचित गरेका प्रदेश सभासद्, संघीय सभासद् माननीयहरु र पूर्व मन्त्री गोकुल बास्कोटाले खेल्नु भएको भूमिकाले काभ्रे जिल्लाको विकासमा नयाँ आयाम थपेको छ । यो समाजिक आन्दोलन र राजनीतिक आन्दोलनले काभ्रे जिल्लाको पहिचानलाई अगाडि बढाउने र यसको श्रीवृद्धि गर्ने काममा नेकपा एमालेको भूमिका छ । त्यसलाई अझ बढोत्तरी गर्ने, समाजका सबै वर्ग र क्षेत्रहरुको आकर्षण र संवाहकको एउटा केन्द्रको रुपमा यसलाई स्थापित गर्ने कुरा छ । अर्काे काभ्रे जिल्लामा नेकपा एमालेको पार्टी विभाजन पश्चात जुन खालको एउटा भ्रम छ त्यो भ्रम सत्य होइन नेकपा एमाले नै आजको काभ्रे जिल्लाको राजनीतिको मूल धार हो र बामपन्थी आन्दोलनको अग्रदस्ता हो र यसले राजनीतिक संगठनात्मक परिवेशमा कुनै कमी भएको छैन भन्ने खालको कुरा पनि सावित गर्न चाहन्छौ । आसन्न दिनमा नेकपा एमालेप्रतिको विश्वास र भरोसा टुटेको छैन फुटेको छैन यो एकताबद्ध छ । यो एकताबद्ध शक्तिप्रति जनताको विश्वास र भरोसा छ र यसलाई सबलीकृत गर्नुपर्छ भन्ने मलाई लाग्छ ।
यसकारण मैले आव्हान गरिसकेको छु, सबै संगठित सदस्यहरु, जनप्रनिधिहरु, महिला, जनजाति, दलित, आदिवासी, उत्पिडित वर्ग लगायतका सबै वर्ग क्षेत्रबाट बाजागाजा सहित झ्यालीसहित आफ्नो समुदायको साँस्कृतिक पहिचान सहित उपस्थित हुनु हुनको लागि अनुरोध गरेको छु । धुलिखेल नगरपालिकाको रंगशालामा खुल्ला सत्र हुँदैछ । सम्भवतः काभ्रे जिल्लाको आजसम्मको राजनीतिक सामाजिक र जनउपस्थितिको माहोल बन्ने छ ।

१० औं अधिवेशनले अन्य थप के सन्देश दिँदैछ ? फरक खालका विषय पनि छन् कि ?
फरक भन्नाले हामीले हाम्रो राजनीतिक र संगठनात्मक रुपमा काम गर्नुपर्ने नियमित कामहरु सँगसँगै हामीले अबको २० वर्ष भित्र काभ्रे जिल्लाको विकास निर्माण र सामाजिक कुरालाई कसरी सबल बनाउने र भौतिक पूर्वाधार सम्पन्न, गरिबी निवारण भएको, सुशासित र स्वरोजगार सिर्जना गर्ने गरी त्यहाँको उद्योग धन्दा व्यापार व्यवसाय कृषि, पर्यटनमा सबृलिकृत गर्ने र यहाँको जनताहरुको आर्थिक, सामाजिक रुपान्तरण गर्न ठूलो भूमिका निर्वाह गर्नुपर्छ । त्यो कामको लिडरशिप नेकपा एमालेले गर्छ भन्ने उद्देश्यका साथ हामी विकासको एउटा आधार निर्माण गर्न खोजिरहेका छौं । त्यो निर्माणको लागि हामी रणनीतिक योजना बनाउँछौं । हाम्रो राजनीतिक प्रतिबद्धता र विकासको लागि हिजो के ग¥यौं र अब के गर्न जरुरी छ भन्ने खाका ल्याउँछौं । यसले पक्कै पनि अबका आसन्न दिनहरुमा काभ्रे जिल्लाको राजनीतिक पार्टीको हिसाबले नेकपा एमालेको भूमिकालाई सबल र सशक्त बनाउँदै छ । विगत २५÷३० वर्ष देखि नै काभ्रे जिल्लामा नेकपा एमालेको राजनीतिक नेतृत्व हामीले स्थापित गरेका छौं । त्यो स्थापित राजनीतिक नेतृत्वले चाहे त्यो नगरपालिकामा होस् चाहे जिल्ला विकास समितिमा होस् चाहे गाउँ विकास समितिमा किन नहोस् वा संसदीय रुपमा निर्वाह गर्ने भूमिकाहरुले विकास निर्माणको सबल आधार नै नेकपा एमालेले स्थापित गरेका हुन् । स्थापित गरेका शक्तिलाई फेरि पुर्नजागृत गर्ने र नयाँ युवा पुस्ताहरुलाई भोलिको लिडरशीपको नेतृत्वलाई हामीले जिम्मेवारीपूर्वक वहन गर्न सक्ने परिवेश निर्माण गर्नका लागि हामी बढीभन्दा बढी विकासका कार्यमा केन्द्रित हुनेछौं । गाउँवस्तीसम्म संगठनको मजबुद सशक्तिकरण गर्ने, संगठनात्मक रुपमा सबल बनाउने र त्यहाँ राजनीतिक सशक्तता र उपस्थिति बनाउने, विचार, दृष्टिकोण र सिद्धान्तले समाजमा रहेका विपन्न वर्गहरु, कमजोर क्षेत्रहरु, पिछडिएका वर्गहरु, गरिब किसान मजदुर, श्रमिकको क्षेत्रमा हामीले गर्नुपर्ने धेरै कामहरु छन् । त्यो कामहरु गर्नलाई हामीलाई संगठनात्मक पद्दति र विचार सहितको कार्यकर्ता र सशक्त कार्यकर्ता भोलि निर्माण हुने नेतृत्वको सबलीकृत योजना हुनेछ । अर्काेकुरा धुलिखेल नगरपालिका एउटा पर्यटकीय र व्यापारिक क्षेत्र हो । यसले यहाँको पर्यटन विकासमा व्यापारीक क्षेत्रहरुको साथ र सहयोग हामीले पाइरहेका छौं । धुलिखेलमा हुने अधिवेशनमा उहाँहरुको सद्भाव रहेको छ । यहाँका प्रत्येक नागरिकहरुले पनि साथ दिदै हुनुहुन्छ । हामी नेकपा एमालेको राजनीतिक शक्तिले मात्र होइन यहाँको समाजसेवी, बुद्धिजीवी, व्यापारी, उद्योगीहरुको पनि सहयोग र सद्भाव प्राप्त भएको छ । यसले धुलिखेल नगरपालिकाको एकता सँगसँगै सिंगो काभ्रे जिल्लाका नेता, कार्यकर्ता र शुभचिन्तकहरुलाई स्वागत गर्नका लागि खुशी भएर बस्नुभएको छ । त्यो पनि हामीलाई स्थानीय तहबाट आएको एक किसिमको सद्भाव हो । नेतृत्व विकासको लागि स्वस्थ निर्वाचन पनि हुँदैछ । यसमा सहमति र सहकार्यलाई प्रधानता दिनेछौं । त्यसपछि हाम्रो संगठनात्मक स्वरुपलाई मजबुद नयाँ परिवेश निर्माण गर्नेतिर उन्मुख हुनेछौं ।

यस भन्दा अगाडि जिल्ला अधिवेशनले पास गरेका रोडम्यापहरु कति कार्यान्वयन भए भएनन् त्यसको समीक्षा हुन्छन् कि हुँदैनन् ?
नेकपा एमालेले आजभन्दा १६÷१७ वर्ष अगाडि पहिलो पटक राजनीतिक पार्टीहरुले नेतृत्व निर्माण र आफ्नो पार्टी गतिविधिहरुलाई केन्द्रित गर्दै विकास निर्माणको खाका बोक्नु पर्छ भनेर पार्टीका पोलिटव्यूरो सदस्य एवं तत्कालीन काभ्रेका नेता गोकुल बास्कोटा र हामीहरुको नेतृत्वमा काभ्रे जिल्लामा सिंचाई, कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासमा पार्टीको जिल्ला अधिवेशनबाट रोडम्याप प्रस्तुत गरेका थियौं । त्यो प्रस्तुत गरेको रोडम्यापले अहिले काम गरिरहेको छ । यहाँको औद्योगिक क्षेत्रका कुरा होस् चाहे खानेपानीका कुरा होस् या पर्यटकीय विकासका कुरा हुन्, डाँडापारी जाने बाटो, कोशिपारी जाने बाटो, तिमाल जाने बाटो हुन् या काभ्रे जिल्लालाई आर्थिक र व्यापारीक केन्द्रको रुपमा विकास गर्ने, साना–साना ग्रामीण क्षेत्र खानेपानी देखि लिएर बाटोघाटो र विकास निर्माणका कुराहरुलाई केन्द्रिकृत गरेर विकास योजना तयार गरेका थियौं जसले अहिले साकार रुप लिएको छ । अब आसन्न दिनमा आजको पुस्ता, आजको समाज र आजको परिवेशमा आजको विकासका आवश्यकता के हुन् हामीले के गर्नुपर्छ ? सामाजिक उत्थानका क्षेत्रमा हामीले के गर्नुपर्छ ? स्वास्थ्यका क्षेत्रमा के गर्नुपर्छ ? कृषि उत्पादनको क्षेत्रलाई बढावा दिन के गर्नुपर्छ ? पर्यटकीय विकासका लागि के गर्ने ? ऐतिहासिक स्थलहरु छन्, धार्मिक स्थलहरु छन्, तिनीहरुमा के गर्न सकिन्छ भन्ने हिसाबमा हामी लागि परेका छौं ।
१३ वटै पालिकाहरुमा एउटा पालिकामा ५ वटा केन्द्रिय कार्यक्रम, एउटा वडामा २ वटा वडा स्तरीय कार्यक्रम र सिंगो १३ वटा पालिका मध्ये आर्थिक रुपमा कुन पालिकामा आर्थिक रुपले अगाडि बढ्नुपर्छ ? सास्ँकृतिक रुपमा कुन पालिका अगाडि बढ्नुपर्छ, औद्योगिक रुपमा कुन पालिका अगाडि बढ्नुपर्छ ? भन्ने कुरातर्फ अगाडि बढिरहेका छौं । दिगो विकासको लक्ष्य सन् २०३० सम्म प्राप्त गर्ने भनेका थियौं त्यो समय भित्र गरिबी निवारण भएको काभ्रे जिल्ला शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनमा सफल भएर नयाँ आयामिक कुरामा अघि बढ्ने हाम्रो उद्देश्य छ । उद्देश्य प्राप्तिका लागि यस पटक पनि व्यापक छलफल, बुद्धिजीवीसँग परामर्श, विषय विज्ञसँग छलफल गरेर आसन्न दिनमा नेकपा एमालेले काभ्रेलाई आर्थिक सम्पन्न र साँस्कृतिक औद्योगिक पर्यटकीय र कृषिमा आत्मनिर्भर भएको जिल्लाको रुपमा लैजाने योजनामा छौं ।

प्रतिनिधिहरुबीच हुने प्रतिस्पर्धा केन्द्रमा झै सूची घोषणा गरिन्छ कि खुल्ला प्रतिस्पर्धाका लागि स्वतन्त्र छाडि दिनुहुन्छ ?
नेकपा एमाले एउटा प्रजातान्त्रिक पद्दति र प्रमाणले विश्वास गर्ने पार्टी हो त्यसकारण हामीले आजको युगलाई हेर्दा खेरी हाम्रो देशको वर्चस्व भनेको युवा जमात जनजाति, आदिवासी, महिला, र सीमान्तकृतहरुको छ । समाजमा राजनीतिक चेतना भएका सामाजिक आन्दोलनका विविध क्षेत्रमा आफ्नो भूमिका निर्वाह गर्ने जनसमुदायको साझा फुलबारी हो नेकपा एमाले । त्यो फुलबारी भित्र हामीले यहाँका बुद्धिजीवी, समाजसेवी युवावर्ग, महिला, दलित, जनजाति, सीमान्तकृत, पिछडिएका क्षेत्र र राजनीतिक रुपमा योगदान पु¥याएका पाका व्यक्तिहरुको पनि साझा संस्था भएका कारण यसमा सबै किसिमकाले नेतृत्व लिन सक्छ र त्यो नेतृत्वले सबल काभ्रे जिल्ला बनाउँछ भन्ने कुरा हामीलाई आत्मविश्वास भएको कारणले हामीले यसलाई स्वतन्त्र रुपमा नै प्रतिस्पर्धात्मक प्रणाली जाने योजना छ । हामीले भोटिङ मेसिनबाट उक्त निर्वाचन गराउँदैछौं ताकी चाँडो भन्दा चाँडो परिणाम आओस् । विस्तारै लिडर शिपलाई क्षमतावान् र प्रतिद्धन्द्धी पार्टीहरुसँग राजनीतिक रुपमा संगठनात्मक रुपमा, वैचारिक रुपमा, विकासको हिसाबले त्यो प्रतिस्पर्धामा सबल हुन सक्ने नेतृत्व निर्माण हुन सक्छ । अहिले निर्वाचित हुने कमिटी १ सय ५ जनाको छ त्यो निर्वाचित हुने शक्ति राजनीतिक नेतृत्व प्रतिपक्षहरुको लागि पनि चुनौती दिन सक्ने आफ्ना पार्टीको विचार सिद्धान्त र दर्शनहरुलाई समाजमा स्थापना गर्न सक्ने, काभ्रे जिल्लालाई राष्ट्रिय पहिचान दिन सक्ने वातावरण बन्नुपर्छ । काभ्रे जिल्लाका मानिसहरु देशको कुनाकाप्चामा फिजिएर बसेका छन् । उहाँहरु पनि त्यो महाधिवेशनमा आउनुहुनेछ । हामीले नेतृत्वलाई प्रतिस्पर्धामा लैजान्छौ जसले गर्दा कार्यकर्ताले मन पराएको, कार्यकर्ताले विश्वास गरेको नेतृत्व निर्माण गर्ने र त्यो नेतृत्व कार्यकर्ता प्रति इमानदार भएको पार्टी बनाउनुपर्नेछ । कार्यकर्ता र नेताहरु विचारप्रति संगठनप्रति आस्थावान् र प्रतिबद्ध पनि भएको हुनुपर्छ ।
विगत लामो समयदेखि नेकपा एमालेको जुन नेतृत्व भयो कार्यकर्ताहरु निर्माण भए यसले समाजमा खेलेको जुन भूमिका छ त्यो विगतमा गरेका कुराहरुलाई पनि निरन्तरता दिने नयाँ आयामिक विकासका योजना र राजनीतिक शक्ति निर्माण गर्ने, समाजप्रति उत्तरदायित्व रहेको कुरालाई नेतृत्व निर्माणमा प्राथमिकता दिदैछांै । अर्काेकुरा राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्धहरु पनि आवश्यक छ । किनभने काभ्रेजिल्लाको मात्र बजेटले विकास सम्भव छैन । यो देशको संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहको परिचालन गर्न सक्ने राष्ट्रिय अन्तर्राष्टिय स्थितिलाई पनि सुधार गर्न सक्ने नेतृत्व निर्माण गर्न सक्नुपर्छ । यसैले हाम्रा भूमिकाहरु सशक्त हुने क्षमतावान् योग्य र खट्न सक्ने नेतृत्वको निर्माण गर्नुपर्छ भन्ने कुरालाईलाई प्रधानतामा राखेका छौं ।

नवौं जिल्ला अधिवेशनमा पनि यहि खालको प्रतिस्पर्धा भएको थियो, अहिले त्यो नेतृत्व नै पलायन भएको अवस्था छ नि हैन र ?
राजनीति जनताको लागि गर्ने हो । राजनीति व्यक्तिका लागि गर्ने हो भने व्यक्तिले समाजलाई विर्सिन्छ । राजनीतिमा वर्गप्रति इमानदार हुनुपर्छ । इमानदारीता छोडेर व्यक्तिगत स्वार्थमा हिडे भने मान्छे बिग्रिन्छ । हामीले कहिलेकाँही समाजलाई हितकर हुनसक्छ भनेको मान्छे हितकर हुँदैन । कहिलेकाहिँ समाजले लिडरशीप चिन्न सक्दैन । कहिले लिडरले समाज चिन्दैन । त्यस्तो परिस्थिति र परिवेशमा आफ्नो व्यक्तिगत स्वार्थ र सिंगो समाज रुपान्तरणको जिम्मेवारीबाट विचलित भएपछि सबैभन्दा सानो मान्छे पनि बिग्रन्छ ठूलो मान्छे पनि बिग्रन्छ । त्यो परिस्थिति र परिवेशले कहिलेकाहिँ मानिसलाई बिगार्छ । हामी कहाँनिर सचेत हुन जरुरी छ भने धन नहुँदाको मानिसको जुन जीवन पद्दति छ धन भैसकेपछि अहंकार पैदा हुन्छ घमण्ड पैदा हुन्छ । पद पाएपछि पदमा पनि अहंकार पैदा हुन्छ । ज्ञान नहुँदा भन्दा ज्ञान प्राप्ति पछि पनि अहंकार पैदा हुन्छ । तर अहंकारले पतनको बाटोमा पु¥याउँछ । हामीले प्राप्त गर्ने जनशक्ति, जनताको माया र विश्वास भनेको समाज रुपान्तरणको जिम्मेवारी हो । आदर्श पुरुषलाई जनताले विश्वास गरेको हुन्छ । त्यो आदर्श व्यक्ति बन्न सकेन भने त्यो स्खलित हुन्छ । कहिले काहिँ नेतृत्व हामीले ठीक भनेका हुन्छौं तर त्यो ठिक भएको हुँदैन । तर त्यो स्थिति नआउन् भन्ने हिसाबले अबको समयमा नेतृत्वको क्षमता र योग्यतालाई पहिचान गर्न सक्ने कार्यकर्ता हाम्रो बीचमा छ । त्यसले पहिचान गरेर नेतृत्व दिनेछ । त्यसकारण हिजोको कुराहरु सिकेर अगाडि बढ्नुपर्छ । – प्रस्तुती मोतीराम तिमल्सिना

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्