16.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा कुन पक्ष वैधानिक भन्दै निर्वाचन आयोगले थाल्यो तथ्यको जाँचबुझ

नेकपा कुन पक्ष वैधानिक भन्दै निर्वाचन आयोगले थाल्यो तथ्यको जाँचबुझ

८ पौष २०७७
काठमाडौ
–सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिक रुपमा विभाजन भएसँगै अब कसले वैधानिकता पाउने भन्ने प्रश्न प्रमुख बनेको छ । अहिलेसम्म केपी ओली पक्ष र प्रचण्ड–माधव नेपाल दुवै पक्षले आफू नै वैधानिक भएको भन्दै दावी गरिरहेका छन् ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार दुवै पक्षले आफ्नो दावी पेस गरेपछि त्यसका प्रमाणहरु केके छन् भनेर उनीहरुलाई नै सोधिन्छ । यसरी आयोगले सोध्दा दुवै पक्षले त्यसका आधारहरु पेश गर्नुपर्ने हुन्छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अव आयोगले दुुवै पक्षका कागजात छानविनमा लाग्ने छ ।

‘उहाँहरुले पेश गर्नुभएको मागदावी अनुसारको कागजातहरु जाँचबुझ वा छानविन गर्ने प्रकृया सुरु भएको छ । अनि दलको विधान र राजनीतिक दलसम्बन्धी प्रावधानअनुसार आवश्यक निर्णय अयोगले गर्छ’, प्रवक्ता श्रेष्ठले भने ।

उनले कागजातहरुको कानुनले तोकेको समयवधिमा छानविन गरेर निर्णय गर्ने बताए । यसरी बैधानकिताको टुंगो लागेसँगै नेकपा नाम र निर्वाचन चिन्ह पनि दुईमध्ये एक पार्टीले पाउने छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्