19.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा काभ्रेद्वारा युवा नेता उज्जलको निधन प्रति दुःख व्यक्त

नेकपा काभ्रेद्वारा युवा नेता उज्जलको निधन प्रति दुःख व्यक्त

२७ कार्तिक २०७७
बनेपा ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्ला संगठन समितिले आफ्नो जिल्ला सदस्य उज्जल लामाको निधन प्रति दुःख व्यक्त गरेको छ । आज (विहिबार) एक शोक बक्तव्य जारी गर्दै नेकपा काभ्रेले दुःख व्यक्त गरेका हुन् ।
पार्टी जिल्ला अध्यक्ष रुकु चौंलागाईं (रचना) र सचिव टोकबहादुर वाईबाद्वारा हस्ताक्षरित शोक वक्तव्यमा लामाको निधनले आफ्नो पार्टीलाई अपुरणिय क्षति पुगेको जनाएको छ ।
वक्तव्यको पूर्ण पाठ यस्तो छः
रोशी गाउँपालिका वडा नं. ७ निवासी हाम्रो पार्टीका जिल्ला संगठन समितिका सदस्य क. उज्जल लामाको ब्रेन हेम्रेज भई पहिले मनमहोन मेमोरियल हस्पिटल र त्यस पश्चात नर्भिक अस्पिटलमा उपचार गरी अवस्था सुधार भइसकेको थियो । उपचारकै क्रममा उहाँलाई कोरोना पोजिटीभ देखियो । पछिल्लो चरणमा कोरोना पनि नेगेटिभ आइसकेको थियो तर पनि उहाँको स्वास्थ्य अवस्था सुधार आएन । २०३४ साल कार्तिक १५ मा जन्मिनु भएका क. उज्जल लामाको यहीं कार्तिक २५ गते राती ९ः३० बजे मा उहाँको दुःखद निधन भएको छ । उहाँको निधनले काभ्रे जिल्ला पार्टीलाई अपुरणिय क्षति पुगेको छ । बाल्यकालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा सक्रिय युवा नेतालाई गुमाउनुपर्दा सिंगो पार्टी पांक्ति, जदसमुदाय, विशेष त रोशी गाउँपालिकामा अझ बढी क्षति पुगेको छ । यही दुःखद घडीमा क. उज्जल लामा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोकाकुल परिवार, आफन्त र पार्टी पंक्तिमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
रुकु चौंलागाईं
अध्यक्ष
टोकबहादुर वाइबा
सचिव

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्