24.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा (एमाले) १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ

नेकपा (एमाले) १०औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्दैछ

२४ कार्तिक २०७८
काठमाडौ
। नेकपा एमाले १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बुधबार बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ ।

स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो ।

यसअघिको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्