18.1 C
Kathmandu

ब्रेकिङ समाचारनेकपा एमाले नमोबुद्ध नगर कमिटीले मन्त्री चन्द्र लामालाई गर्‍यो सम्मान

नेकपा एमाले नमोबुद्ध नगर कमिटीले मन्त्री चन्द्र लामालाई गर्‍यो सम्मान

२७ भाद्र २०७८

काठमाडौ । नेकपा एमाले नमोबुद्ध नगर कमिटीले आइतबार एक कार्यक्रमका बीच बागमति प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्र लामालाई सम्मान गरेको छ ।

भकुण्डेबेशीमा आयोजित कार्यक्रममा नेकपा एमाले नमोबुद्ध नगर कमिटीले पार्टीका नेता लामा मन्त्री पदमा नियुक्त भएकोमा सम्मान गरेको हो । नेकपा एमाले नमोबुद्ध नगर कमिटीका संयोजक टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै मन्त्री लामाले आफूलाई प्राप्त जिम्मेवारी इमान्दारिताका साथ पुरा गर्ने बताए । जनताले दिएको मतको उच्च सम्मान गर्न आफू प्रतिवद्ध रहेको उनले बताए ।

कार्यक्रममा पुर्वमन्त्री रेशम लामा, प्रदेशसभा सदस्य गोमा भुर्तेल, एमाले प्रदेश कमिटी सदस्य कृष्णचन्द्र आचार्य, एमाले जिल्ला सचिवालय सदस्य एवं नमोबुद्ध नगर इन्चार्ज राजन भुर्तेल, नेकपा एमाले काभ्रे काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष बिष्णु खनाल, किसान संघका राममणि हुमागाईं, एमाले पुर्व जिल्ला कमिटी सदस्य उद्धवप्रसाद हुमागाई, वुद्धिजीवि परिषदका जिल्ला अध्यक्ष नवराज भुर्तेल, अनेमसंघ नगर अध्यक्ष चन्द्रा खनाल लगायतले मन्तव्य राखेका थिए । सञ्जीव ढकालको सञ्चालनमा सम्पन्न कार्यक्रममा एमाले नगर कमिटीका सहसंयोजक कृष्ण खनालले स्वागत मन्तव्य राखेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्