17.1 C
Kathmandu

मनोरञ्जननिखिलको आग्रह–‘अब कसैसँग पनि झुक्न छाडौ’

निखिलको आग्रह–‘अब कसैसँग पनि झुक्न छाडौ’

२०७७ जेठ ११ गते

नेपालले नयाँ नक्शा सार्वजनिक गरेसँगै यतिबेला देशका भू–भागहरु ऋब जसरी पनि फिर्ता ल्याउनुपर्छ भन्ने आवाजहरु उठिरहेका छन् । नेपाल सरकारले पनि देशको भूभाग जसरी पनि फिर्ता ल्याउने बताएको छ । यो सँगै नेपाली चलचित्रका कलाकारहरुले पनि राष्ट्रियताको बिषयमा आवाज उठाउन थालेका छन् । नायक राजेश हमालले भारतको गतिविधि स्वीकार्य नहुने बताइसकेका छन् । अब, अर्का नायक निखिल उप्रेतीले पनि आफ्नो भनाई सार्वजनिक गरेका छन् । उनले, अब कसैसँग पनि झुक्न आवश्यक नरहेको स्पष्ट पारेका छन् । निखिलले प्रधानमन्त्री केपी शर्मा ओलीले साहसिक कदम चालेको भन्दै यो समयमा सबै नेपाली एक हुनुपर्ने बताएका छन् ।

निखिलले भने–‘यो समयमा पनि केही नेताहरुले भारतकै गुलामी गर्दैछन् । उनीहरुलाई नेपाली जनताले चिन्न आवश्यक छ । त्यस्ता नेताहरुको राजनीतिक करिअर समाप्त पार्ने दिन आउँदैछ ।निखिलले नेपालीलाई आत्मनिर्भर हुन आवश्यक रहेको पनि बताएका छन् । उनले भने–‘अब, सकभर विदेशी चिजहरुलाई प्रयोग गर्ने काम छाड्दै जानुपर्छ ।’ नेपाललाई सानो भनेर भारतले हेपेको भन्दै निखिलले भनेका छन्–‘सानो झन बलियो हुन्छ । कोरोना सानो थियो तर विश्वलाई नै तहसनहस बनाइदियो । यसैले, अब हामी पछाडि फर्कियौ भने फेरि हामी हेपिन थाल्नेछौ । निखिलले आफ्ना सन्ततीहरुलाई पनि स्भाविमान बन्ने बाटोतर्फ लैजान आवश्यक रहेको बताएका छन् ।

admin

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्