20.1 C
Kathmandu

ब्रेकिङ समाचारनवनियुक्त मन्त्रीहरुको सपथग्रहण आज हुने, अध्यक्ष प्रचण्डसहितका नेताहरु भने असन्तुष्ट

नवनियुक्त मन्त्रीहरुको सपथग्रहण आज हुने, अध्यक्ष प्रचण्डसहितका नेताहरु भने असन्तुष्ट

२९ असोज २०७७
काठमार्डौ
–आज बिहीबार नवनियुक्त मन्त्रीहरुको सपथग्रहण हुने भएको छ । राष्ट्रपति कार्यालयले बिहीबार बिहान ११ बजेको लागि सपथको कार्यक्रम राखेको हो । तर अध्यक्ष प्रचण्डसहितका केही नेताहरु भने सहमति बेगर प्रधानमन्त्री ओलीले मन्त्री नियुक्त गरेको भन्दै असन्तुष्ट व्यक्त गरेका छन् । लगातार वार्ता र संवादमै रहेका बेलासमेत प्रधानमन्त्री ओलीले मन्त्री नियुक्तिका सवालमा छलफल नगरेपछि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाललगायतका नेताहरुले असन्तुष्ट बनेका छ्न् ।

मन्त्रिमण्डल पुनर्गठन गरिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिएका छन् । नेपाल कम्युनिट पार्टी नेकपाका महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम नियुक्ति गरेका हुन् । यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो ।

कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री, लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका हुन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् भने अन्य मन्त्रीहरुमा यसअघिकै यथावत रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्