19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध ५ कानपुर नेकपा (एमाले) को वडा अधिबेशन सम्पन्न, अध्यक्ष लालकाजी लामा,...

नमोबुद्ध ५ कानपुर नेकपा (एमाले) को वडा अधिबेशन सम्पन्न, अध्यक्ष लालकाजी लामा, सचिवमा गुन्जमान लामा

६ कार्तिक २०७८

काठमाडौ । नमोबुद्ध नगरपालिमा वडा नं.५ कानपुरमा नेकपा (एमाले) को वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार देशैभर एकैसाथ पार्टी अध्यक्ष केपी शर्मा ओलीद्धारा भर्चुवल मार्फत उद्घाटन गर्ने कार्यक्रम रहेकोमा सोही अनुसार कानपुरमा पनि प्रोजेक्टर मार्फत अध्यक्ष केपी शर्मा ओलीको सम्बोधन देखाए पश्चात औपचारीक रुपमा कार्यक्रम शुरुवात गरेका थिए ।

पहिलो सत्रको औपचारिक कार्यक्रम नमोबुद्ध ५ का पाटी अध्यक्ष बुद्ध सिं लामाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाग्मती प्रदेशसभा सदस्य गोमा भुर्तेलको उपस्थिति रहेका थिए भने अतिथिको रुपमा नेकपा (एमाले) काभ्रे जिल्ला कमिटी सदस्य श्याम प्रसाद पाण्डे, जिल्ला लेखा समिति सदस्य गणेश लामा, युवाासंघ केन्द्रिय सदस्य लालकाजी लामा वडा अध्यक्ष बुद्ध सिं तामाङ लगायतका नेताहरुको उपस्थिति रहेका थिए ।

दोस्रो सत्र अर्थात बन्द सत्र कार्यक्रममा भने नेकपा (एमाले) जिल्ला कमिटी सदस्य राजन भुर्तेलको प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । कार्यक्रममा अतिथिको रुपमा नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमिल्सिना उपस्थित रहेका थिए ।

उक्त कार्यक्रम मार्फत नमोबुद्ध ५ कानपुरमा लालकाजी लामाको नेतृत्वमा सर्वसम्मत रुपमा वडा कमिटी गठन गरिएको हो । वडा कमिटीमा क्रमशः लालकाजी लामा अध्यक्ष, बिदुर कोईराला उपाध्यक्ष, गुन्ज मान लामा सचिव, रामहरी कोइराला उपसचिव, उमेश मैनाली उपसचिव, सदस्यहरुमा द्धारिका बडाल, उत्तम बडाल, गोविन्द सोराइली मगर, लिलानाथ कोइराला, औतार सिं तामाङ, बिमला खनाल, निर्मला सुनार, जेनिशा लामा, बिङ्माया लामा, शिव माया बिक रहेका छन् ।

उक्त कार्यक्रममार्फत युवासंघ कमिटी पनि गठन गरिएको छ । जस्मा क्रमशः सुमन मैनाली अध्यक्ष, उपाध्यक्षमा राजकुमार तामाङ, नविन तामाङ र सलाम सिं तामाङ, सचिवमा सोनाम तामाङ, उपसचिवमा आक्रोश तामाङ, कोषाध्यक्षमा रश्मि तामाङ, सदस्यहरुमा तिर्थमान तामङ, बिकास तामाङ, नवराज भण्डारी, बसन्त तामाङ, प्रकाश तामाङ, निर ब.तामाङ, जिवन तामाङ, धन ब.तामाङ र आइत सिं तामाङ रहेका छन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्