19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका स्थित संक्रमित कर्मचारीको कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरियो

नमोबुद्ध नगरपालिका स्थित संक्रमित कर्मचारीको कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरियो

१६ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं
–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा संक्रमित कर्मचारीको आज कन्ट्याक ट्रेसिङ को आधारमा स्वाब संकलन गरि परिक्षणको लागि धुलिखेल अस्पताल पठाईएको छ । शुक्रवार नमोबुद्ध नगरपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना संकम्रण पुष्टि भए पश्चात आज नगरपालिकाले स्वाब संकलन गरिएको हो ।

जनप्रनिधि ५ जना, नगरपालिकाका कर्मचरी ४ जना र अन्य १२ जना सहित २१ जनाको स्वाब संकल गरि कोरोना परिक्षणका लागि पठाएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईंले जानकारी दिएको हो । कर्मचारीलाई संक्रमण पुष्टि भए पश्चात संक्रमित क्षेत्र नगरपालिकाले सुचना जारी गरी सिल गरिएको छ भने कोरोना परिक्षणको नतिजा नआए सम्मको लागि सो क्षेत्र सिल नै रहने नगरपालिकाले जनाएको छ ।

हाल सम्म नमोबुद्ध नगरपालिकामा संक्रमित संख्या ६ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ५ जना रहेको छ । बांकी एक जना उपचारको क्रममा रहेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्