19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका वडा नं.११ का संक्रमित क्षेत्रका ३५ जनाकै स्वाब परिक्षण नेगेटिभ

नमोबुद्ध नगरपालिका वडा नं.११ का संक्रमित क्षेत्रका ३५ जनाकै स्वाब परिक्षण नेगेटिभ

१५ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.११ मा कोरोना संक्रमित पुरुष समुदायमा घुलमिल भए पश्चात सो क्षेत्रका ३५ जनाको स्वाब परिक्षण गरिएकोमा आज सबैको रिपोर्ट नेगेटिभ आएको छ । गत शनिबार नमोबुद्ध नगरपालिका वडा नं.११ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएर समुदायबाटै धुलिखेल अस्पताल ल्याएको थियो ।

संक्रमित पुरुषको कन्ट्याक ट्रेसिङको आधारमा समुदायबाट भाद्र १० गते बुधवार ३५ जनाको स्वाब संकलन परिक्षणको रिपोर्ट आज नेगेटिभ आएको वडाध्यक्ष कृप्ण बहादुर तामाङले जानकारी दिएको हो ।

३५ जनाकै कोरोना परिक्षण नेगेटिभ आएपश्चात सिल गरि राखिएको सो बस्तिमा सिल खुल्ला गरे ता पनि अनावश्यक रुपमा भिडभाड र हिंड्डुल, हुल्हुज्जत नगरिदिनुहुन वडा वासि सम्पूर्णलाई वडाध्यक्ष तामाले अनुरोध गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्