24.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका र मातहतका वडाकार्यालयहरुबाट अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द

नमोबुद्ध नगरपालिका र मातहतका वडाकार्यालयहरुबाट अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द

१५ भाद्र २०७७/छेडुप तमाङ
काठमाडौं–काभ्रेको नमोबुद्ध नगरपालिका र मातहतका सबै वडाकार्यालयहरुबाट अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकाका प्रमुख टि.पी शर्मा तिमल्सिनाको अध्यक्षतामा शनिबार बसेको सरोकारवाला सहितको बैठकले गरेको निर्णयानुसार अत्यावश्यक बाहेकका सबै सेवाहरु भाद्र २२ गते सोमबार सम्मका लागी बन्द गरिने भएको हो ।

नमोबुद्ध नगरपालिकामा कार्यरत २८ वर्षिय कर्मचारीको कन्ट्याक टेसिङको आधारमा स्वाब परिक्षण गरि सो को नतिजा नआए सम्मका लागि बि.पी राजमार्ग अन्तर्गत बुच्चाकोट–भकुण्डे–नौबिसे–जयमंगलटार आसपास रहेका स्वास्थ्य सेवासंग सम्बन्धित व्यवसाय बाहेक, वित्तिया क्षेत्र लगायत सम्पूर्ण व्यवसायहरु समेत अर्को निर्णय नभए सम्मको लागि बन्द गरिएको निर्णय सहितको सूचना आइतवार नगरपालिका कार्यलायबाट जारी गरिएको हो ।

नमोबुद्ध नगरपालिकाको वडा नं.०७ भकुण्डेबेशी स्थित संक्रमित कर्मचारीले डेरा गरी बसेको पुरानो प्रहरी चौकी (पश्चिम तिर)को घर र सोको १०० मिटर वरीपरी क्षेत्र समेत अर्को निर्णय नभएसम्मको लागि उक्त घरमा बसोबास गर्ने व्यक्तिहरु र अन्य व्यक्तिहरु समेत उक्त क्षेत्रमा आवतजावतमा रोक लगाइएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्