17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिका आज रातको १२ बजे देखी एक हप्ताका लागि सटडाउनमा

नमोबुद्ध नगरपालिका आज रातको १२ बजे देखी एक हप्ताका लागि सटडाउनमा

३१ श्रावण २०७७
काठमाडौं
–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा एक हप्ताका लागि सटडाउन गरिने भएको छ । कोरोना भाइरस संक्रमण फैलन नदिन र यसको नियन्त्रणका लागि नगर विपत व्यवस्थापन समितिको निर्णयानुसार एक हप्ताका लागि नगरपालिकामा सटडाउन गरिने भएको हो । सटडाउन आज रातको १२ बजे देखी ७ गते रातको १२ बजे सम्म लागु गरिने भएको छ ।

सटडाउन अवधिमा नगरपालिका भित्र अत्यावश्यक बाहेकका अन्य सम्पुर्ण व्यवसायहरु बन्द गर्ने निर्णय गरिएको छ। नगरपालिका भित्र आवतजावत गर्दा नेपाल सरकारबाट जारी भएका स्वास्थ्य सुरक्षाका मापदण्डहरु नअपनाएमा संक्रमण रोग ऐन २०२० अन्तर्गत प्रहरीबाट कारवाहि हुने समेत नगरपालिकाले जनाएको छ ।

नगर विपत व्यवस्थापन समितिको छलफलले जिल्ला प्रशासनले जारी गरेको निर्णय अनुसार नगर भित्र धेरै मानिसहरु जम्मा हुने बैठक, धार्मिक भेला, चाडपर्व, गोष्ठि, जमघट लगायत सबै किसिमका कार्यक्रमहरुमा पुर्ण रुपमा प्रतिवन्ध लगाउने भएको छ । यसै क्रममा नमोबुद्ध नगरपालिका क्षेत्र भएर सञ्चालन हुने यात्रुवाहक सवारीसाधनहरुलाई पनि संक्रमण नियन्त्रणका निमित्त सटडाउन अवधिभरका लागि बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्