30.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्ध नगरपालिकाको एक पुरुषमा कोरोना संक्रमण पुष्टि, ११ नं.वडाका केही बस्ती ...

नमोबुद्ध नगरपालिकाको एक पुरुषमा कोरोना संक्रमण पुष्टि, ११ नं.वडाका केही बस्ती सिल

०८ भाद्र २०७७/छेडुप तामाङ
काठमाडौं–काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नमोबुद्ध नगरपालिका वडा नंं.११ का एक पुरुषमा शनिबार राती कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नमोबुद्ध नगरपालिकामा संक्रमित संख्या ५ पुगेको छ ।

संक्रमित पुरुष जिल्लाकै धुलिखेल अस्पतालको चमेना गृहका कर्मचरी हुन् । उन्को कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आए संगै नगरपालिका अन्तर्गत ११ नंं. वडाका केही बस्ती सिल गरिएको छ ।
धुलिखेल अस्पतालको चमेना गृहमा १०/१५ बर्ष अगाडि देखि नै कार्यरत उनी स्वाब परिक्षणको रिपोर्ट आउनु पुर्व नै गाउं गएका थिए । उनी गाउं मात्रै गएनन् उन्ले घर परिवार लगायत अन्य समुदायका केही मानिसहरु संग प्रत्यक्ष भेटघाट गरि घुलमिल गरे, जस्को कारण वस्ति कोरोनाको उच्च जोखिममा परेपश्चात आईतवार एक सुचना जारी गर्दै वडाका केही बस्ती सिल गरिएको जानकारी वडाध्यक्ष कृष्ण बहादुर तामाङले दिएको हो । वडा नं.११ को डांडाकटेरीको साबिकको वडा नं.८ को पूर्वमा कुरगाउं खोला, पश्चिममा एक्लेखेत खोला, उत्तरमा देउराली र दक्षिणमा डांडाकटेरी चिहान डांडा चिण्डे सम्मको चार किल्ला पूर्ण रुपमा सिल गरिएको छ ।

अध्यक्ष तामाङको अनुसर संक्रमित पुरुष संग प्रत्यक्ष भेटघाट÷घुलमिल भएका सबै जनालाई होम क्वारेण्टाईनमा राखिएको र एक हप्ता पछि उनीहरु सबैको कोरोना परिक्षण गरिने भएको छ । धुलिखेल अस्पतालको लापर्वाहीका कारण गाउं बस्ति कोरोनाको उच्च जोखिम्मा पुगेको वडाध्यक्ष कृष्ण बहादुर तामाङले बताए । अस्पतालमा कोरोना परिक्षण गरि रिपोर्ट नै नआई क्वारेण्टाईनमा रहेको मानिस हस्पिटलबाट खुलियाम छोडेको कारण आफ्ना वडा कोरोना संक्रमणको उच्च जोखिममा परेको भन्दै संक्रमित पुरुष संग प्रत्यक्ष भेटघाट हुने सबैको परिक्षण लगायत अन्य सबै कुरामा हस्पिटलले जिम्मा लिनु पर्ने कुरा समेत तामाङले व्यक्त गरेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्