17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धले मनायो पृथक र भव्यरुपमा महिला दिवस

नमोबुद्धले मनायो पृथक र भव्यरुपमा महिला दिवस

24 Falgun 2077

भकुण्डेबेशी–१११ औं अन्तर्राष्ट्रिय महिला दिवस नमोबुद्ध नगरपालिकाले भव्यताका साथ मनाएको छ । औपचारिक भाषणमै सीमित हुने महिला दिवस कार्यक्रम भन्दा पृथक कार्यक्रमसहित नगरपालिकाले यसपटकको दिवस मनाएको हो । 
महिला दिवसकै अवसरमा महिलाको हकहितका लागि योगदान गर्ने व्यक्तिलाई सम्मान गर्दै कार्यक्रममा नगरपालिकाभित्र रहेका महिलाहरुका समस्या तथा त्यसलाई समाधान गर्ने उपायबारे छलफलसमेत भयो । बागमति प्रदेशसभा सदस्य गोमा भुर्तेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरपालिकाका सबै वडाका सयौं महिलाको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा छोरी जन्माउनेलाई पाँच हजार रुपैयाँ प्रोत्सहन रकमको व्यवस्था गर्ने वडा नं. ९ का अध्यक्ष मेलवहादुर लामा, शैक्षिक क्षेत्रबाट महिला सशक्तिकरणमा भूमिका निर्वाह गर्ने शिक्षिका चन्द्रादेवी खनाल, महिलाका लागि सेफ हाउस सञ्चालन गर्ने देवकी खनाल, सहकारीको माध्यमबाट महिलाको आर्थिक उन्नति र सशक्तिकरणमा भूमिका निर्वाह गर्ने भुवनेश्वरी श्रेष्ठ तथा नगरभित्रकै जेष्ठ महिला स्वास्थ्यस्वयंसेविका ठूलीमाया तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद गोमा भुर्तेल, नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिना, उपप्रमुख रामदेवी तामाङ लगायतले उनीहरुलाई सम्मान गरेका थिए । 
कार्यक्रममा संवोधन गर्दै प्रदेशसभा सदस्य गोमा भुर्तेलले  हरेक क्षेत्रमा महिलालाई ३३ प्रतिशत सहभागिता संविधानले सुरक्षित गरेको र त्यसलाई व्यवहारमै कार्यान्वयन गर्नुपर्ने बताइन् । भुर्तेलले महिला अधिकारको लडाई अझै नसकिएको भन्दै अधिकारका लागि महिलाहरु अझै लड्नुपर्ने बताइन् ।
कार्यक्रममा नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले नगरभित्र महिलाको सशक्तिकरण, आर्थिक उन्नति, हिंसा न्यूनिकरणका लागि नगरपालिकाले वितगदेखि नै सक्रियतापूर्वक काम गरिरहेको बताए । उनले आगामी दिनमा पनि महिला हिंसा न्यूनिकरणमा विशेष जोड दिँदै सोही अनुसार नगरपालिकाको नीति तथा कार्यक्रम तयार पार्ने बताए । महिलालाई रोजगारीमा पहुँच, राजनीतिक एवं सामाजिक क्षेत्रमा पहुँच वृद्धि गर्न आफूहरु लागिपरेको र समृद्ध नगर निर्माणमा महिलाहरुसँग हातेमाले गर्दै नगरपालिका अगाडि बढ्ने उनले बताए । 
कार्यक्रममा नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङले महिला सशक्तिकरणका क्षेत्रमा अन्य स्थानीय तह भन्दा नमोबुद्ध नगरपालिका अग्रस्थानमा रहेको बताइन् । हिंसापीडित महिला, एकल महिलाका लागि नगरले थप विशेष कार्यक्रमहरु ल्याएको र त्यसले महिलाहरुको आर्थिक उन्नतिमा सघाउ पु¥याएको उनले बताइन् । आगामी दिनमा पनि नगरपालिकाका वडावडामा सचेतनामुलक कार्यक्रम, आर्थिक विकासका लागि सीपमुलक तालिमहरु सञ्चालन गर्ने तामाङले बताइन् । हिंसापीडित महिलालाई हिंसा सहेर नबस्न र नगरपालिकामा रहेको न्यायिक समितिमा आउन उनले आग्रह पनि गरिन् । 
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले पछिल्लो समय नेतृत्वमा महिला सहभागिता बढ्दै जानु खुशीको कुरा भएको बताए । समृद्धिको सूचक चिल्लो बाटो र ठूला घर नभई सबै क्षेत्रमा समानता समृद्धिको सुचक भएको पौडेलको भनाई थियो । बाहिर देखिने भन्दा घरभित्र हुने हिंसा डरलाग्दो हुने र त्यसलाई न्यूनिकरण गर्नका लागि महिलाहरु जागकरुक हुनुपर्नेमा पौडेलले जोड दिए । नगरभित्र महिलालाई लक्षित गर्दै वडा नं. ९ बाट छोरी जन्माउनेलाई प्रोत्साहन रकम दिन थालिएको, सबै वडाका महिलाका लागि सीप विकास तालिम सञ्चालन गरिएको उनले बताए । 
कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले महिला अधिकार, लैंगिक हिंसा र यौन दुव्र्यवहार विषयमा कार्यपत्र प्रस्तुत गर्दै नमोबुद्ध नगरपालिकामा महिलाहरुको अवस्था, महिला हिंसाको अवस्थाबारे जानकारी दिएका थिए । उनले ११ वटै वडामा प्रशिक्षण र अध्ययनको क्रममा देखिएको समस्या लगायतका विषयमा तयार पारिएको रिपोर्ट नगरप्रमुख टिपी शर्मा तिमल्सिनालाई हस्तान्तरणसमेत गरे । यस्तै कार्यक्रममा अवकाशप्राप्त वरिष्ठ महिला विकास अधिकृत माया लोहनीले महिला विकासका लागि भएका प्रयासहरुबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने उद्यमशिलता विकास विज्ञ तथा जेण्डर माष्टर प्रशिक्षक बिष्णु जोशीले सुखी नेपाली समृद्ध नेपालका लागि महिला उद्यमशिलताबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रममा युवा नेतृ पवित्रा भुर्तेल लगायतले महिला हिंसा न्यूनिकरणमा सबै पक्ष लाग्नुपर्ने भन्दै महिलाको सशक्तिकरणका लागि अझै सक्रिय हुनुपर्ने बताए । नमोबुद्ध नगरपालिका उपप्रमुख रामदेवी तामाङको सभातित्व तथा महिला तथा बालबालिका शाखा प्रमुख तारा  सुनुवारको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य जानुका पौडेलले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमअघि नगरका विभिन्न ठाउँबाट महिलाहरुले सचेतनामुलक ¥यालीसमेत निकालेका थिए ।
नमोबुद्ध नगरपालिकाले महिला दिवस मनाउनुअघि नगरपालिकाका ११ वटै वडामा लैंगिक हिंसा न्यूनिकरणका विषयमा प्रशिक्षण कार्यक्रमसमेत गरेको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्