28.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा स्थानीय युवाले बनाए चौतारी

नमोबुद्धमा स्थानीय युवाले बनाए चौतारी

२९ कार्तिक २०७७/छेडुप तामाङ
काठमाडौ
–काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२ ठूली पोखरीका स्थानीय युवाको सक्रियतामा चौतारी निर्माण गरेका छन् । करिब ३ लाख रुपैयाँको लागतमा निर्मित चौतारीको आज शनिबार एक कार्यक्रमका बीच नमोबुद्ध नगरपालिका प्रमुख टिपी शर्मा तिमल्सिनाले उद्घाटन गरेका छन् ।

स्थानीय युवाको सक्रियतामा ठूलीपोखरी संरक्षण उपभोक्ता समिती गठन गरि चौतारी निर्माण गरिएको हो । कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले युवाहरूको सक्रियताबाट पोखरी, चौतारी संरक्षण लगायतका काम भएकोमा खुशी व्यक्त गरे । नगरपालिकाले सबै वडामा वृद्धवृद्धा भेटघाट चौतारी बनाइरहेको बताउदै तिमल्सिनाले स्थानीय युवाको कामले त्यसलाई अघि बढाउन टेवा पुगेको बताए । उनले नगरको समग्र विकासमा युवासँग सहकार्य गरेर अघि बढ्ने पनि वताएका छन् ।

कार्यक्रममा नमोबुद्ध २ का वडा अध्यक्ष सन्जीव ढकालले चौतारी, पोखरी लगायत पुरातात्त्विक, धार्मिक महत्वका स्थानको संरक्षणमा वडाले आवश्यक सहयोग गर्ने वताए । ठूली पोखरी संरक्षण उपभोक्ता समितिका अध्यक्ष सन्जोग गौतमले आठ दिनको अवधीमै चौतारी निर्माण गरेको भन्दै यसमा स्थानीय युवाको सक्रियता महत्त्वपूर्ण रहेको वताए । युवालाई विकास निर्माणको काम दिँदा समयमै काम सकिने र पारदर्शी हुने उनले वताए । समितिका संरक्षक उद्धवप्रसाद न्यौपानेले युवाहरूले गरेका यस्ता कार्यमा वडा र नगरले साथ र सहयोग गर्नुपर्ने वताए ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सदस्य कृष्णचन्द्र आचार्य, नेकपा जिल्ला कमिटी सदस्य एवं नमोबुद्ध उद्योग वाणिज्य संघका अध्यक्ष बसुनारायण श्रेष्ठ, नमोबुद्ध ७ का वडा अध्यक्ष धर्मसिं तामाङ, वडा नं १० का वडा अध्यक्ष रामकृष्ण अधिकारी, समाजसेवी रामहरि आचार्य लगायतको उपस्थिति थियो । कार्यक्रमकै अवसरमा मौलिक खैजडी भजनसमेत प्रस्तुत गरिएको थियो ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्