30.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा स्टाफ कलेज निर्माणबारे सार्वजनिक सुनुवाई

नमोबुद्धमा स्टाफ कलेज निर्माणबारे सार्वजनिक सुनुवाई

7 Fagun 2077
भकुण्डे
–नमोबुद्ध नगरपालिका–२ मा निर्माण हुने नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आवासीय तालिम केन्द्र निर्माणसम्वन्धी वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाई शुक्रबार सम्पन्न भएको छ । 


नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यता तथा नमोबुद्ध नगरपालिका २ का वडा अध्यक्ष सञ्जीव ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुले नमोबुद्धमा स्टाफ कलेज निर्माण हुनु सकारात्मक रहेको भन्दै स्थानीयबासीसँग समन्वय र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताए । कार्यक्रममा अध्ययन टोलीका संयाृजक तेजकुमार श्रेष्ठले स्थानीय वस्तुस्थितिका बारेमा प्रस्तुतिकरण दिएका थिए । 


कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तिमल्सिनाले नमोबुद्धमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्टाफ कलेज निर्माण हुनु गौरवको विषय भएको बताए । उनले स्टाफ कलेज निर्माणपछि नगरमा थप पूर्वाधार निर्माण हुने भन्दै यसले नगरको समगै विकासमा थप टेवा पुग्ने बताए । उनले नमोबुद्ध नगरपालिकामा युथ इनोभेसन सेन्टर, पाँचखाल नगरपालिका र नमोबुद्धलाई समेटेर मदन भण्डारी विश्वविद्यालय निर्माण लगायतका राष्ट्रिय गौरवका योजना अघ बढेको बताए । 


कार्यक्रममा नमोबुद्ध २ का अध्यक्ष सञ्जीव ढकालले चाँडै भन्दा चाँडै स्टाफ कलेज निर्माणको प्रक्रिया सुरु होस् भन्ने आफूहरुको चाहना रहेको बताए । स्टाफ कलेज निर्माणलाई आवश्यक साथ र सहयोगका लागि आफूहरु तयार रहेको उनले बताए । उनले स्थानीयबासीका लागि सडक, खानेपानी लगायतका विकासका पूर्वाधार निर्माणको काम अघि बढिसकेको जानकारी पनि दिए । कार्यक्रममा नमोबुद्ध १० का अध्यक्ष रामकृष्ण अधिकारीले स्टाफ कलेज निर्माणका लागि सँगै अघि बढ्न नगरपालिकाका जनप्रतिनिधि र स्थानीयबासी तयार रहेको बताए । 
कार्यक्रममा स्थानीय ज्ञानेन्द्र देवकोटा, बलवहादुर खड्का, केशव वहादुर आचार्य, चन्द्रमणि तिमल्सिना लगायतले कलेज निर्माण हुनु खुशीको कुरा भए पनि त्यसले स्थानीयबासीलाई लामो समयसम्म फाइदा पुग्ने गरी काम गर्नुपर्ने, खानेपानी, सडक लगायत पूर्वाधारमा जोड दिनुपर्ने, स्थानीयलाई रोजगारीमा प्राथमिकता दिनुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।


नमोबुद्ध नगरपालिका २ टटलेटरमा निर्माण हुन लागेको स्टाफ कलेजको लागत भ्याटबाहेक ३ अर्ब अनुमान गरिएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रशासकीय अधिकृ विनोद रसाइली, वातावरण अधिकृत सन्तोष काफ्ले इन्जिनियर उज्ज्वल अर्याल, स्टाफ कलेज तथा शहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।    

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्