19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा समिक्षा कार्यक्रम सम्पन्न

नमोबुद्धमा समिक्षा कार्यक्रम सम्पन्न

३० असोज २०७७
नमोबुद्ध ।
काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक तथा आर्थिक वर्ष २०७७÷७८ को प्रथम चौमासिक अवधिको समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । आज (शुक्रबार) नगर सभाहलमा सञ्चारकर्मी सहितको सहभागीतामा उक्त समिक्षा कार्यक्रम सम्पन्न भएको हो ।

समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले आफूले निर्वाचनको बेलामा जनतासँग पाँच बेथितिको अन्त्य र ५ समृद्धिको लागि आफूले प्रतिबद्धता जाहेर गरेकोले त्यही अनुसार नगर अगाडि बढेको बताए । ‘मैले जनतासामु ५ बेथितिको अन्त्य गर्ने वित्तिकै समृद्धिको ढोका खुल्ने भएकोले त्यसको अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरेको थिएँ । त्यस्तै समृद्धिका पाँच आधारहरुको बारेमा पनि प्रतिबद्धता जाहेर गरेको थिएँ ।’ नगर प्रमुख शर्माले भने, ‘जनतासँग गरेको बाचा अनुसार नै आज नगर अगाडि बढेको छ ।’

यो वर्ष सबै वडामा स्वास्थ्यको भवन निर्माण भइसक्ने र आवश्यकता अनुसार स्वास्थ्य इकाईहरु पनि सञ्चालन गरेको बताए । त्यस्तै एउटै डिजाइनको वडा कार्यालयहरु निर्माणको क्रममा यो वर्ष ९ वटा वडा कार्यालय सम्पन्न हुने बताए ।

यसैबीच नगर उप–प्रमुख रामदेवी तामाङले नगरपालिकालाई महिला मैत्री बनाउन आफूहरु सफल भएको बताइन् । ‘महिलाहरुलाई आत्मनिर्भर बनाउने, महिला हिंसाको विरुद्ध जागरुक बनाउने, महिलाहरुलाई नेतृत्व विकासमा अगाडि बढाउने कार्यहरु यो अवधिमा भएको छ ।’ उप–प्रमुख तामाङले भनिन्, ‘हामीले नगरपालिकालाई महिला मैत्री बनाउन सफल भएका छौं ।’

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईंले आर्थिक वर्ष २०७६÷७७ र आर्थिक वर्ष २०७७÷०७८ को पहिलो चौमासिक प्रगति विवरण पेश गरेका थिए । चालु आर्थिक वर्ष चालु तर्फ १७ प्रतिशत र पूँजीगत तर्फ २ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत चापागाईंले जानकारी दिए । नमोबुद्ध नगरले आफ्नो कार्यालय काभ्रेमै पहिलो अत्याधुनिक भवन निर्माण गर्न सकेको उनले बताए ।

पूर्वाधार विकास, आर्थिक विकास र सामाजिक विकासमा नमोबुद्ध नगरले छलाङ मारेको बताउँदै चापागाईंले अब नमूना नगरको रुपमा विकास हुने दावी गरे ।

त्यसैगरी नगरपालिकाका सूचना तथा प्रविधि संयोजक एवं वडा नं. ७ का वडाध्यक्ष धर्मसिं लामाले पहिलो पटक जिल्लाको सबै पत्रकारहरुसँग बसेर नगरको प्रगतिकोबारेमा समिक्षा गर्न पाउँदा आफू खुशी भएको बताए । नमोबुद्ध नगरले धेरै वटा गुरुयोजनाहरु निर्माण गरीसकेको बताउँदै अब बजेटको व्यवस्थापनमा आफूहरु लागेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, सञ्जीव ढकाल, बुद्ध सिं तामाङ, रामकृष्ण अधिकारी, कृष्णबहादुर तामाङ, उद्धवप्रसाद काफ्ले, कुलप्रसाद न्यौपाने लगायत कार्यपालिका सदस्यहरुकोे सहभागीता रहेका थिए ।

नगर प्रमुखद्वारा विद्यार्थीलाई सहयोग
यसैबीच कार्यक्रममा नगर प्रमुख शर्माले आफूले अभिभावकत्व ग्रहण गरेका विद्यर्थाीहरुलाई नगद सहयोग गरेका छन् । कोभिड–१९ कारण विद्यालय जान नसकेको र अनलाई कक्षा सञ्चालन भइरहेकोले उनीहरुलाई शर्माले व्यक्तिगत रुपमा सहयोग गरेका हुन् । उनीहरुलाई ६ हजार ५ सयका दरले सहयोग गरेका थिए ।

पत्रकार महासंघलाई चेक हस्तान्तरण
नगर प्रमुख शर्माले नेपाल पत्रकार महासंघ काभ्रे शाखालाई १ लाखको चेक हस्तान्तरण गरेका थिए । टिपीशर्मा सिर्जनाशी पत्रकारीता पुरस्कार कोषमा रहने गरी उक्त रकम बराबरको चेक महासंघका अध्यष मोतिराम तिमल्सिनालाई हस्तान्तरण गरेका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्