17.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

नमोबुद्धमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न

२५ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–भकुण्डेबेशी–नमोबुद्ध नगरपालिकाले सञ्चालन गरेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समापन कार्यक्रम प्रदेश सांसद चन्द्र लामाको प्रमुख आतिथ्यतामा बिहीबार भकुण्डेबेसीमा सम्पन्न भएको छ ।

लैंगिक हिंसा न्यूनिकरणका लागि नगरस्तरीय लैंगिक हिंसा तत्काल उद्धार तथा राहत समितिका अध्यक्ष एवं नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसद चन्द्र लामाले समाजमा देखिएका भन्दा नदेखिएका हिंसा बढी रहेको बताउँदै हिंसा अन्त्यका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए । महिला सशक्तिकरणका लागि आफ्नो तर्फबाट विगतमा पनि पहलकदमी भएको र आगामी दिनमा पनि सक्रियतापुर्वक लागिपर्ने लामाले बताए । नमोबुद्ध नगरपालिकाको चौतर्फी विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने लामाले बताए । उनले हिंसा न्यूनिकरणका लागि महिलाहरु अझै अग्रसर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नगर प्रमुख टिपी शर्मा तिमल्सिनाले महिला सशक्तिकरणका कुरामा नमोबुद्ध नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए ।

अब गोष्ठी, भाषण सेमिनार लगायतका कुराले मात्रै महिला सशक्तिकरण नहुने भन्दै उनले उद्यमशिलतालाई जोड दिनुपर्ने बताए । महिलामैत्री, वातावरणमैत्री नगर बनाउन नीति तथा कार्यक्रममार्फत कार्ययोजना तयार पारेर कार्यान्वयनमा गएको तिमल्सिनाले बताए । यस्तै उपप्रमुख एवं नगरपालिकाको न्यायिक समिति संयोजक रामदेवी तामाङले हिंसामा परेका महिलालाई संरक्षणका लागि नगरपालिका क्रियाशिल भएको बताइन् । अब रुने होइन संघर्ष गर्दै अघि बढ्ने समय आएको भन्दै उनले आफूले एकल महिला, हिंसापीडित महिलाका लागि विशेष अभियानसहित अघि बढेको बताइन् । लैंगिक हिंसामुक्त नगर बनाउने अभियान थालिएको जानकारी पनि नगर प्रमुख तामाङले दिइन् । उनले हिंसापीडित महिलाका लागि सेफ हाउस सञ्चालन गरिएको, महिलाहरुका लागि विभिन्न तालिमसहित आयआर्जनका कार्यमा सहयोग पु¥याउन अग्रसरता लिइएको उनले बताइन् । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले अधिकारमा आधारित विकासको अवधारणाअनुसार काम गर्नुपर्ने समय आएको बताए । उनले अब नगरपालिकामा हिंसाविरुद्धको सशक्त अभियान सुरु भएको पनि बताए ।

कार्यक्रममा मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले काभ्रेमा लैंगिक हिंसाको अवस्था, हिंसापीडित महिलाका लागि कानुनी उपचारको व्यवस्था लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष रामशरण हुमागाईं, वडा नं। ४ का अध्यक्ष एवं न्यायिक समिति सदस्य उद्धवप्रसाद काफ्ले, नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख एवं नगरस्तरीय सामाजिक विकास समितिका सदस्यसचिव जनार्दन रिजाल, खनालथोक महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष देवकी खनाल, नगरस्तरीय महिला सहकारी सञ्जालका अध्यक्ष राधिका तिमल्सिना लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा अध्यक्षहरु सञ्जीव ढकाल, रामकृष्ण उपाध्याय लगायतको उपस्थिति थियो । कार्यक्रम नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख तारा सुनुवारले सञ्चालन गरेकी थिइन् ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्