19.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहबारे अन्तर्क्रिया

नमोबुद्धमा युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाहबारे अन्तर्क्रिया


२५ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ–
भकुण्डेबेशी–नमोबुद्ध नगपालिकाभित्र रहेका युवाहरुलाई लक्षित गर्दै सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेबारे अन्तर्क्रियाकार्यक्रम सम्पन्न भएको छ ।


नमोबुद्ध नगर युवा परिषदको आयोजनामा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरुसँग बुधबार अन्तर्क्रिया सम्पन्न भएको हो । नगर प्रमुख एवं नगर युवा परिषद्का अध्यक्ष टिपी शर्मा तिमल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नमोबुद्ध नगरपालिकाभित्र शाखा रहेका पाँचवटा बैंकका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगर प्रमुख तिमल्सिनाले नगरपालिकाभित्र युवाहरुको उद्यमशिलता रोजगारीका लागि सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन बैंकका शाखा प्रमुखहरुलाई आग्रह गरे । सहुलितयपूर्ण कर्जा प्रवाह र त्यसको उपयोगिताबारे अनुगमन गर्ने तथा युवाहरुलाई वित्तीय साक्षरता, उद्यमशिलता र सीप विकासका तालिमहरु युवा परिषलमार्फत आयोजना गर्ने प्रतिवद्धता उनले गरे । उनले उद्यमशीलता र सीप विकासका लागि बैंक तथा वित्तीय संस्थासँग साझेदारीका लागि नगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा नगर युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनालले सहुलियतपूर्ण कर्जा प्रवाह र वित्तीय साक्षरताका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखहरुले कार्यविधिअनुसार सहुलियतपूर्ण कर्जा प्रवाहलाई थप सहज बनाउने प्रतिवद्धता व्यक्त गर्दै अनुगमनका निम्ति नगरपालिकाको विशेष भूमिका रहने अपेक्षा व्यक्त गरे । यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सहुलियतपूर्ण कर्जा प्रवाहलाई प्रभावकारी बनाउन नगरपालिकाले आवश्यक समन्वय गर्ने बताए ।


कार्यक्रमबाट नमोबुद्ध नगरपालिकाभित्र उद्यम गर्न चाहने युवाहरुका लागि सहुलियतपूर्णरुपमा कर्जा प्रवाहलाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन साझा कार्यविधि तयार पारी सबै बैंकले कार्यान्वयन गर्ने निर्णय भएको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्