23.1 C
Kathmandu

ब्रेकिङ समाचारनमोबुद्धमा जगवैज्येश्वर महादेव त्रिवेणीधाम पाटी–सत्तलको शिलान्यास

नमोबुद्धमा जगवैज्येश्वर महादेव त्रिवेणीधाम पाटी–सत्तलको शिलान्यास


२५ मंसिर २०७७/छेडुप तामाङ
काठमाडौ
–काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं.७ मा रहेको जगवैश्वर महादेव त्रिवेणीधाम मन्दिरको पाटी–सत्तल मंगलवार एक कार्यक्रमका बीच शिलान्यास गरिएको छ । श्री जगवैज्येश्वर त्रिवेणीधाम संरक्षण तथा नदी नियन्त्रण उपभोक्ता समिति नमोबुद्ध न.पा.७ काभ्रेपलाञ्चोकद्धारा आयोजित पाटी–सत्तल शिलान्यास कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री अरुण नेपालद्धारा जगवैज्येश्वर महादेव त्रिवेणीधामको पाटी–सत्तलको शिलान्यास गरिएको हो ।

उक्त कार्यक्रममा काभ्रे क्षेत्र नं.१ का सांसद माननीय रत्न ढकाल, नगरप्रमुख टि.पी शर्मा तिमल्सिना, नगर उप–प्रमुख रामदेवी तामाङ, वडा नं.७ का वडाध्यक्ष धर्म सिं लामा, वाडा नं.६ का वडाध्यक्ष कुल प्रसाद न्यौपाने, वडा नं.४ का वडाध्यक्ष उद्धव प्रसाद काफ्ले लगायत अन्य समाजसेवी व्यक्तित्वहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वागमती प्रदेश उद्योग, वन तथा वातावरण मन्त्री अरुण नेपालले बाग्मती प्रदेशको राजधानी राख्ने क्षमता रहेको भकुण्डेबेशिको मुटुमा रहेको मन्दिरको पाटी–सत्तल शिलान्यास गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए । त्यसै गरी माननीय रत्न ढकालले यस खालको त्रिवेणीधाम कमै मात्रमा रहेका हुनाले यसको संरक्षण सम्बद्र्धन गर्दै पर्यटकीय स्थलको रुपमा स्थापित गराउन सकिने भएकाले यो ऐतिहांसिक पवित्र धार्मिक स्थलको विकासका लागि सक्दो सहयोग गर्ने कुरा समेत व्यक्त गरेका थिए ।

यसै क्रममा उपभोक्ता समितिका सल्लाहकार/वडाध्यक्ष धर्म सिं लामाले यस त्रिवेणीधाम क्षेत्र हिन्दु तथा बौद्ध धर्मको संगमस्थल रहेकाले धार्मिक क्षेत्रको विकासमा ठुलो टेवा दिने कुरा बताएका थिए ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्