16.1 C
Kathmandu

ब्रेकिङ समाचारधुलिखेल अस्पतालले कोरोना बिरामीका लागि लाग्ने उपचार शुल्क सार्वजनिक

धुलिखेल अस्पतालले कोरोना बिरामीका लागि लाग्ने उपचार शुल्क सार्वजनिक

५ कार्तिक २०७७
काठमाडौ–धुलिखेल अस्पतालले कोभिड १९ को संक्रमणको उपचारबापत लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको छ । मंगलबार अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गर्दै उपचार वापत लाग्ने शुल्कको विवरण सार्वजनिक गरेको हो । अस्पतालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यही कात्तिक २ गतेदेखि लागू हुनेगरी बिरामीको अवस्था, धरौटी रकम, थप शुल्कको विवरण सार्वजनिक गरिएको हो ।

शुल्क विवरणअनुसार सामान्य लक्षण देखिएको कोरोना संक्रमित बिरामीको दैनिक शुल्क ३५ सय, धरौटी रकम ५० हजार लाग्नेछ । त्यस्तै मध्यम र जटिल बिरामीहरुका लागि दैनिक शुल्क ७५ सय र धरौटी रकम १ लाख लाग्नेछ । त्यस्तै जटिल बिरामीहरुका लागि दैनिक शुल्क १५ हजार र धरौटी रकम २ लाख लाग्नेछ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्