18.1 C
Kathmandu

ब्रेकिङ समाचारदेशभर आज ६३८ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा मात्रै १३४ जनामा संक्रमण

देशभर आज ६३८ जनामा कोरोना संक्रमण पुष्टि,उपत्यकामा मात्रै १३४ जनामा संक्रमण

२७ श्रावण २०७७
काठमाडौं
–देशभर आज २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमितसहित पछिल्लो २४ घण्टामा संक्रमित संख्या ६ सय ३८ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका हुन् । उपत्यकाभित्र मात्रै काठमाडौंमा १ सय १०, भक्तपुरमा ८ र ललितपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेकोे संख्या ८३ जना पुगेको छ ।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्