16.1 C
Kathmandu

ब्रेकिङ समाचारदेउवा सरकारले तय गरेको १० प्राथमिकता यस्तो

देउवा सरकारले तय गरेको १० प्राथमिकता यस्तो

३० असार २०७८

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्ना प्राथमिकता निर्धारण गरेको छ। मंगलबार राति सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सरकारका प्राथमिकता निर्धारण गरेको सरकार प्रवक्ता एंव कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

मन्त्री कार्कीका अनुसार देउवा सरकारले १० वटा प्राथिकमता तय गरेको छ।

जसमा १) शान्ति सुव्यवस्था, २) कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार, ३) आर्थिक समृद्धि, ४) कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रको शिघ्र पुनरूत्थान, ५) विकास निर्माण कार्यमा तीव्रता, ६) सार्वजनिक सेवाको प्रभावकारी वितरण, ७) संविधानको रक्षा, ८) संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, ९) विपदको प्राथमिकताका साथ व्यवस्थापन र १०) स्थानीय निर्वाचन रहेका छन्।

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्