16.8 C
Kathmandu

ब्रेकिङ समाचार'दार्शेला छामेला भर आरे' बजारमा सार्वजनिक (भिडियो सहित)

‘दार्शेला छामेला भर आरे’ बजारमा सार्वजनिक (भिडियो सहित)

२१ असोज २०७७/छेडुप तामाङ
काठमाडौ
–तामाङ इन्डस्टीमा गितसंगितको बजार लभमय भईरहेको बेलामा फेरी अर्को ठट्यौली पाराको गित ‘दार्शेला छामेला भर आरे’ नामक एक म्युजिक भिडियो आज काठमाडौ बौद्ध स्थित एक विशेष कार्यक्रमको साथ सार्वजनिक भएको छ ।

सुजन वाईबा र बल बहादुर वाइबाको शब्द रचनामा रहेको ‘दार्शेला छामेला भर आरे‘ बोलको गितमा स्वर सुजन लामा र जितु लोप्चानको रहेको छ भने संगित सुजन लामाकै रहेको छ । संकरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको यो गितको एरेन्ज बिष्णु तामाङले गरेको छ भने मिक्सिङ कुमार सानु पुनले गरेको छ ।

युद्ध लामा ब्लोनले नर्देशन तथा कोरीयोग्राफी गरेको यो गितमा रमेश ब्लोन र मोनिका लामाको बेजोड प्रस्तुति रहेको छ । राहुल राइले छायांकन गरिएको यो गितको सम्पादन तामाङ चालचित्रको महानायकको रुपमा चिनिएका अमिर दोङले गरेको हो ।

बुधबार बौद्धस्थित एक कार्यक्रमको साथ जिग्मे मिडियाबाट सार्वजनिका गरिएको ‘दार्शेला छामेला भर आरे‘ नामक ठट्यौली पाराको तामाङ गितको सिङ्गो टिमको भनाई अनुसार यो गितले तामाङ गितसंगितको बजारमा फरक किसिमको छाप छोड्ने कुरा समेत व्यक्त गरेका छन् ।

म्युजिक भिडियोमा पहिलो पटक देखा परेका रमेश ब्लोनले नमोबुद्ध न्युजलाई भिडियो सार्वजनिक गर्ने क्रममा मेरो यो पहिलो अभिनय रहेको हुंदा कमिकम्जोरी भएमा अबश्य पनि दर्शक श्रोताले प्रतिकृया दिनेछन्,सो प्रतिकृयाको अनुसार नै आगामि दिनहरुमा अगाडि बढ्ने कुरा समेत व्यक्त गरेको छ ।

भिडियो यस्तो छ:

Chhedup Tamang

तपाईंको प्रतिकृया दिनुहोस्

लोकप्रिय

मुख्य समाचार

यो पनि पढ्नुहोस्